पर्यटकीयस्थल बडिमालिका ओझेलमापर्यटकीयस्थल बडिमालिका ओझेलमा

२०६९ फाल्गुन २० गते, आईतवार


काठमाडौ । सुदूर तथा मध्यपश्चिमको प्रख्यात तिर्थस्थलका रुपमा चिनिएको बाजुराको बडीमालिका मन्दिर सरकारी निकायको बेवास्ताका कारण ओझेलमा परेको छ । धार्मिक र पर्यटकीय दृष्टिकोणले निकै सम्भावना बोकेको मन्दिर क्षेत्रको प्रचार प्रसारमा सरकारी निकायले बेवास्ता गरेका कारण बडीमालिका मन्दिर ओझेलमा परेको हो । कैलाशमाण्डौं गाविसमा पर्ने बडीमालिका मन्दिर र त्यस वरिपरिका त्रिवेणी, पाटन तथा नाटेश्वरी मन्दिर प्राकृतिक सौन्दर्य र धार्मिक एवं साास्कृतिक महत्वका कारण सुदूरपश्चिमभरि प्रख्यात छन् । यसको सौन्दर्य र महत्वलाई देश-विदेशमा प्रचारप्रसार गरी प्रमुख पर्यटकीय गन्तव्यका रुपमा उल्लेख गर्न सके सिंगो मुलुकलाई फाइदा हुने अपेक्षा बाजुराली जनताको छ । बडीमालिका मन्दिरमा हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा मेला लाग्दै आएको छ । मेलामा बडीमालिका मन्दिर पुग्ने दर्शनार्थीले त्रिवेणीमा स्नान गरेको भोलिपल्ट बडीमालिका माईको दर्शन गरी नाटेश्वरी भएर फर्किने परम्परा छ । उक्त मेलामा बाजुरा, अछाम, डोटीलगायत सुदूर तथा मध्यपश्चिमका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतको उत्तराखण्ड राज्यबाट मेला भर्न आउने दर्शनार्थीको घुइाचो लाग्ने गर्दछ । १४ हजार फिट उचाइमा रहेको बडीमालिका मन्दिर र त्यस वरपरको सुन्दर घासे मैदानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न यातायात, सञ्चार तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्न आवश्यक छ । धार्मिक मान्यताअनुसार भगवान महादेवले सतीदेवीको मृत शरीर बोकेर भौतारिएर हिाड्ने क्रममा मल्लिका गिरीमा महादेवका हातमा बाकी रहेको अन्तिम अङ्गका रुपमा बाया हातको कुम पतन भएकाले त्यहाा पीठको रुपमा उत्पत्ति भई देवीको पूजाआजा गर्न थालिएको भन्ने विश्वास गरिन्छ । बडीमालिका जाने धार्मिक श्रद्धालुहरुले बडीमालिका माईसित मागेको वर पूरा हुने विश्वास छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु