थप २३ हिमाल आरोहणका लागि खोलिँदैथप २३ हिमाल आरोहणका लागि खोलिँदै

२०६९ फाल्गुन १६ गते, बुधबार

काठमाडौं, – पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आरोहणको ६० वर्ष पूरा भएको अवसर पारेर थप २३ हिमाल आरोहणका लागि खुला गर्ने भएको छ । मन्त्रालयका अनुसार ६ हजारदेखि ७ हजार मिटर उचाइसम्मका हिमाल खुला गर्ने तयारी भइरहेको छ । पर्यटन व्यवसायीले लामो समयदेखि ती हिमाल खुला गर्न माग गर्दै आएका थिए ।मध्यमस्तरका पर्वतारोहीका लागि लक्षित गर्दै पर्वतीय प्रवद्र्धन गर्न यी हिमाल खोल्न लागिएको पर्यटनमन्त्री पोष्टबहादुर बोगटीले बताए । ६ हजारभन्दा कम उचाइका हिमाल प्रारम्भिक र ७ हजारभन्दा बढी उचाइका हिमाल व्यावसायिक आरोहीले मात्रै आरोहण गर्छन् । खर्च र तालिम दुवै बढी लाग्ने यस्ता हिमालमध्ये माछापुच्छ«्र्र्रे, गौरीशंकरलगायत भने धार्मिक कारण देखाउँदै खुला गरिएको छैन ।“मे २९ मा सगरमाथाको हिरक जयन्तीका अवसरमा थप २३ हिमाल खुला गर्ने तयारी गरिरहेका छौं,” मन्त्री बोगटीले भने ।नेपालमा १ हजार ३ सय १० हिमाल ६ हजार मिटरभन्दा माथि उचाइका छन् । १६ वटा ८ हजार मिटरभन्दा माथि उचाइका छन्, जसमध्ये १३ ले अन्तर्राष्ट्रिय मान्यता पाइसकेका छन् । नेपाल सरकारले ८ हजार मिटरभन्दा बढी उचाइका आठ वटामात्रै हिमाल आरोहणका लागि अनुमति दिएको छ ।नेपालमा कति हिमशृंखला छन् भन्नेमा विवाद रहे पनि साना-ठूला गरी ३ सय २६ हिमाललाई मात्र पर्वतारोहणका लागि खुला गरिएको छ । तीमध्ये ३३ वटा साना हिमाल आरोहणको जिम्मा नेपाल पर्वतारोहण संघलाई दिइएको छ ।
अग्ला हिमाल नेपालमै पर्ने हुँदा हिमआरोहीहरू नेपालप्रति बढी नै आकर्षित हुने गरेका छन् । गत वर्ष बसन्त र शरद ऋतुमा गरी आरोहण दल तथा व्यक्तिबाट सरकारले ३५ लाख १४ हजार ७ सय ५० अमेरिकी डलर रोयल्टी संकलन गरेको थियो । गत वर्ष वसन्त ऋतुमा ९२ वटा आरोहण दलअन्तर्गत ७ सय ३ जनाले पर्वतारोहण गरेका थिए, जसमा ६ सय ६ पुरुष तथा ९७ महिला थिए ।
विश्व पर्वतारोहण महासंघ (यूआईएए)का मानार्थ सदस्य आङछिरिङ शेर्पा सरकारले बन्द रहेका हिमाल खुला गर्दे लैजानुपर्नेमा जोड दिन्छन् । “हामीले १ हजार ९ सय १३ पिक रहेको पत्ता लगाएका थियांै, जसमध्ये १६ वटा ८ हजार मिटरभन्दा माथि उचाइका छन्,” उनी भन्छन्, “हाल खोलिएका धेरै हिमालको माग नबढेकाले त्यस्ता हिमालको आरोहण शुल्क घटाएर वा निःशुल्क बनाएर आरोहीलाई आकर्षित गर्ने वातावरण मिलाउनुपर्छ ।”
सरकारलाई नयाँ हिमाल खोल्न पटक–पटक आग्रह गरिए पनि यसपटक मात्रै खोल्ने तयारी भएपछि पर्वतारोहीहरू खुसी देखिएका छन् । “यो निर्णयले पर्यटनमा सकारात्मक असर पु¥याउनेछ,” नेपाल पर्वतारोहण संघका अध्यक्ष जिम्बाजाम्बु शेर्पाले भने ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु