दूताबास पीडितलाई न्याय दिलाउने पक्षमादूताबास पीडितलाई न्याय दिलाउने पक्षमा

२०६९ फाल्गुन १३ गते, आईतवार

काठमाडौ । साउदी अरबस्थित नेपाली दूतावासले रोजगारीका सिलसिलामा मृत्यु भएका नेपाली कामदारको क्षतिपूर्ति माग्दै त्यहाका रोजगार कम्पनीमाथि ४ सय मुद्दा दायर गर्ने भएको छ । कामदारको मृत्यु भएको वर्षौं बित्दा पनि ती कम्पनीले क्षतिपूर्ति दिने प्रयास नथालेपछि दूतावासले त्यहाका विभिन्न अदालतमा मुद्दा दायर गर्न सुरु गरेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार साउदीका विभिन्न शहरमा कामको सिलसिलामा मृत्यु भएका नेपालीका परिवारले वर्षौंदेखि क्षतिपूर्ति रकम पाउन सकेका छैनन् । क्षतिपूर्ति मागको प्रयास नै नभएको र कतिपय परिवारलाई नै थाहा नभएका यस्ता घटनाको अभिलेख तयार पारी दूतावासले पीडित पक्षलाई न्याय दिलाउने प्रयास थालेको हो । साउदीस्थित नेपाली दूतावासका अनुसार सन् २००० यता विभिन्न कारण मृत्यु हुने नेपाली कामदार संख्या ३ हजार १ सय ५० नाघेको छ । साउदी कानुनअनुसार प्राकृतिक मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति रकम दिइादैन । सडक दुर्घटना, काम गर्ने सिलसिलामा, यातना आदिका कारण मृत्यु भएका कामदारको परिवारलाई क्षतिपूर्ति रकम दिइने प्रावधान साउदी कानुनमा छ । पछिल्लो चार वर्षमा साउदीमा मृत्यु भएकामध्ये ८ सय ३३ जनाको परिवारलाई दूतावासले सम्बन्धित कम्पनीबाट क्षतिपूर्ति रकम उपलब्ध गराइसकेको छ । सन् २००० यता साउदीमा मृत्यु भएका नेपाली कामदारको परिवारलाई त्यहाका विभिन्न कम्पनीले क्षतिपूर्तिस्वरूप ७८ करोड रूपैयााभन्दा बढी रकम तिरिसकेको दूतावासले जनाएको छ । सन् २००१ यता मृत्यु भई क्षतिपूर्ति नपाएका यस्ता घटनाको खोजी गरी दूतावासले मुद्दा प्रक्रियामा लगेको बताइएको छ । साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले दिनुभएको जानकारीअनुसार सन् २००१ यता क्षतिपूर्ति पाउने तर हालसम्म प्रक्रिया नै सुरु नगरेका ३ सय ७० घटनाको पहिचान भएको र केही मुद्दा अदालतमा दस्ता भइसकेको छ । साउदी कानुनअनुसार कामका सिलसिलामा कामदारको मृत्यु भए रोजगारदाता कम्पनीले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप न्यूनतम ४ लाख ६० हजार रूपैयाा -२० हजार साउदी रियाल) र अधिकतम २३ लाख रूपैयाा -एक लाख साउदी रियाल) उपलब्ध गराउनुपर्ने हुन्छ । दूतावासले मुद्दा प्रक्रिया सुरु गरेका सबैमा अदालतले क्षतिपूर्ति दिने निर्णय गरे न्यूनतम १७ करोड २ लाख रूपैयाा र बढीमा ८५ करोड १० लाख रूपैयाा नेपाल भित्रनेछ भने करिब चार सय परिवारले राहत पाउनेछन् । साउदीमा महिनाअघिबाट कार्यान्वयनमा आएको नयाा कानुनले पहिलेको भन्दा पीडित परिवारलाई दुई गुना बढी क्षतिपूर्ति रकम उपलब्ध गराउादै आएको छ । पहिला न्यूनतम क्षतिपूर्ति ६ हजार ६ सय ६६ साउदी रियाल थियो भने अहिले २० हजार पुर्याएको छ । दुर्घटनाको प्रकृति हेरी अदालतले क्षतिपूर्ति रकम तोक्ने छ । घटनामा मृतकको पनि कमीकमजोरी भेटिए कम र नदेखिए बढी क्षतिपूर्ति रकम दिने फैसला अदालतले गर्छ ।

प्रतिक्रियाहरु