बेलायतमा बेरोजगारको संख्यामा कमीबेलायतमा बेरोजगारको संख्यामा कमी

२०६९ फाल्गुन १३ गते, आईतवार

लन्डन । आर्थिक मन्दीको मारमा परेको युरोपेली क्षेत्रमा बेरोजगारीको संख्यामा बृद्धि भइरहेका बेला बेलायतमा भने सो संख्यामा केही कमी आएको सङ्केत मिलेको छ । डिसेम्बरमा समाप्त त्रैमासिकमा बेलायतको बेरोजगार संख्या घटेको बिहीबार र्सार्वजनिक गरिएको तथ्याङ्कमा देखाइएको समाचारमा उल्लेख छ । सोही अवधिमा काम गर्ने मानिसकोे संख्यामा वृद्धि भएर नयाँ तथ्याङ्क बनेको उक्त समाचारमा जनाइएको छ । अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा कामबिहीन मानिसहरूको संख्या १४ हजारले घटेर २५ लाख भएको अफिस फर नेसनल स्याटिस्टिक्स -ओएनएस) ले जनाएको छ । काम गर्नेहरूको एक लाख ५४ हजारले बढेर दर्ुइ करोड ९७ लाख पुगेको छ । जनवरी महिनामा बेरोजगार भत्ताको दाबी गर्ने मानिसहरूको संख्या १२ हजार पाँच सयले घटेर एक १५ लाख ४० हजार भएको छ । ओएनएसका अनुसार समग्रमा बेलायतमा दर्ुइ करोड ९७ लाख ३० हजार रोजगारीको अवस्थमा छन् भने त्यसमा ७३ प्रतिशतले पर्ूण्ाकालीन रूपमा रोजगारी पाएका र २७ प्रतिशतले अल्पकालीन रूपमा काम गरिरहेका छन् । डिसेम्बरमा समाप्त भएको तीन महिनामा बेरोजगार दर घटेर सात दशमलव आठ प्रतिशत थियो । सोभन्दा अघिल्लो त्रैमासिकमा यो सात दशमलव नौ प्रतिशत थियो । आँकडाहरूबाट के थाहा भएको छ भने वित्तीय सङ्कट र त्यसपछिको लगत्तैको सन् २००८ को मन्दीयता बेलायतको अर्थतन्त्रलाई परिवर्तन गरिएको छ । ओएनएसका अनुसार सन् २०१२ को अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा पर्ूण्ाकालीन रूपमा रहेका रोजगारको संख्या मन्दीको पहिलो त्रैमासिकको रूपमा रहेको सन् २००८ को अप्रिलदेखि जुनसम्मको त्रैमासिकभन्दा तीन लाख ७८ हजारले कम रहेको छ । तर, पनि अल्पकालीन रूपमा रोजगारको संख्या सोही अवधिको तुलनामा पाँच लाख ७२ हजारले बढी रहेको उक्त समाचारमा जनाइएको छ । पन्ध्र हजारभन्दा कम मानिसलाई एक वर्षन्दा बढीदेखि बेरोजगार बनाइएसँगै दर्ीघकालीन बेरोजगारीको संख्या पनि घटेर आठ लाख ७९ हजार भएको छ । तलब वृद्धिको तुलनामा मुद्रास्फीति उच्च रहेसँगै तलबको वास्तविक मूल्यमा कटौती भइरहेको पनि समाचारमा जनाइएको छ । लेबर पार्टर्ीी पेन्सन्स सचिव लियाम बायर्नले त्यसको जवाफमा भन्नुभयो- ‘निर्वाचनयता मानिसहरूको औसत एक हजार २०० पाउन्ड तलब कटौती भएको छ । किनकी रोजगारहरू आउन अति कठिन भएको छ र हामीले अहिले पनि प्रत्येक एक रिक्त पदका लागि पाँच जनाभन्दा बढीले पयाइरहेको देखेका छौँ ।’ यो अवस्थका बाबजुत पनि कामविहीन महिलाहरूको संख्या वृद्धि भएको र दर्ीघकालीन बेरोजगारी अहिले पनि ठूलो संख्यामा रहेको समाचारमा जनाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु