भारतको अन्तरिक्ष अभियानभारतको अन्तरिक्ष अभियान

२०६९ फाल्गुन १३ गते, आईतवार

नयाँ दिल्ली । भारतले यस वर्षमङ्गल ग्रहको अध्ययनका लागि सात करोड अमेरिकी डलर बराबरको अन्तरिक्ष अभियान आरम्भ गर्नु भएको जानकारी दिएको छ । मङ्गलग्रहको परिक्रमा गर्न यो मानवविहीन यात्रा भारतीय अन्तरिक्ष अनुसन्धान संस्थाले अक्टोबर महिनामा प्रक्षेपण गर्नेछ । यो यात्रा ३०० दिनको हुने र त्यहाँको मौसम तथा भौगोलिक अवस्थाको तथ्याङ्क सङ्कलन गरिने बताइएको छ । नयाँ दिल्लीमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले संसद्को नयाँ अधिवेशनलाई सम्बोधन गर्दै यस अन्तरिक्ष कार्यक्रमले भारतको वैज्ञानिक उपलब्धिलाई स्पष्ट पार्ने बताउनुभयो । उहाँले सन् २०१३ का लागि अनेकौँ अन्तरिक्ष अभियानको योजना तयार गरिएको उल्लेख गरे । भारतले हाल चन्द्रमामा अनुसन्धान गरिरहेको छ र सन् २०१६ मा त्यहाँ मानव पठाउने लक्ष्य राखेको छ । मङ्गलग्रहमा अमेरिका, रसिया, जापान तथा चीनले आफ्ना अभियान पठाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु