एसियाकै ठूलो त्रिशुल स्थापनाएसियाकै ठूलो त्रिशुल स्थापना

२०६९ फाल्गुन ६ गते, आईतवार

काठमाडौँ । वसन्तपञ्चमीका अवसरमा हेटौँडा नगरपालिका वडा नं १ भैरवडाँडाको पाथीभरा मन्दिरको हातामा विश्व शान्ति एवं धार्मिक सहिष्णुताका लागि ५१ फिट उचाइ भएको त्रिशूल स्थापना गरिएको छ । ५१ फिट उचाइको सो त्रिशूल एसियामा सम्भवतः पहिलो भएको बताइएको छ ।  नेपाली सेनाका मध्य पृतनापति राजेन्द्र क्षेत्रीले धार्मिक पूजाआजा गरी सो त्रिशूल ठडाउनुएको हो ।  ढलोट एवं फलाम जडान गरिएको त्रिशूल ९०० केजी तौलको रहेको बताइएको छ । नेपाली सेनाका सहायकरथी रमीन्द्र क्षेत्री तथा उहाँका भाइ मध्यपृतनापति राजेन्द्र क्षेत्रीको निजी खर्चमा रु पाँच लाख ४० हजारको लागतमा सो त्रिशूल निर्माण गरिएको पृतनापति क्षेत्रीले बताए ।  स्थानीय राप्ती खोलाको तटबाट भैरवडाँडाको पाथीभरा मन्दिर करिब ३०० मिटर उचाइमा रहेको मकवानपुर जिविसका सूचना अधिकृत रामकृष्ण थापाले बताए । 

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु