दलहरूभित्रैबाट प्रधानमन्त्री खोज्नुपर्छ : किरणदलहरूभित्रैबाट प्रधानमन्त्री खोज्नुपर्छ : किरण

२०६९ फाल्गुन ४ गते, शुक्रबार

काठमाडौँ, | नेकपा-माओवादीले प्रधानन्यायाधीशलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउने कुरा आफ्नो पार्टीलाई मान्य नहुने राष्ट्रपतिलाई स्पष्ट पारेको छ। राष्ट्रपतिको कार्यालय शीतलनिवासमा राष्ट्रपतिसंग भएको भेटमा नेकपा-माओवादीका अध्यक्ष किरण लगायत नेताहरूले दलहरूभित्रैबाट प्रधानमन्त्री खोज्नुपर्ने भनाइ राखेका हुन्।दलहरूबीच राजनीतिक सहमति हुन सकेन, प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने कुरामा तपाईंहरूको धारणा के हो भनी राष्ट्रपतिले आफूहरूको सुझाव मागेको भेटमा सहभागी माओवादी सचिव देवप्रसाद गुरुङले जानकारी दिए।जवाफमा आफूहरूले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने कुरा देशलाई निर्दलीय प्रणालीमा लैजाने प्रयत्न भएको र यसलाई न्यायपालिकालाई विवादमा तान्ने प्रयासका रूपमा आफ्नो पार्टीले बुझेको राष्ट्रपतिसमक्ष राखिएको सचिव गुरुङले बताए। उनले भने-”प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने उद्देश्यले नभएर सरकारलाई निरन्तरता दिने भित्री उद्देश्यले यो प्रस्ताव आएको हो, प्रधानमन्त्रीले पहिले राजीनामा दिएपछि मात्रै विकल्पबारे छलफल गर्नुपर्छ भन्ने कुरा हामीले राख्यौँ। ”चारदलको बीचबाट मात्रै राजनीतिक गत्यारोधको समाधान नखोजी गोलमेचसभा गरेर समाधान खोज्नुपर्ने सुझाव अध्यक्ष वैद्यले राष्ट्रपति डा यादवसमक्ष राखे। व्यवस्थापिका-संसद नभएको अहिलेको अवस्थामा न्यायपालिका र कार्यपालिकालाई एउटै व्यक्तिबाट सञ्चालन गर्न खोजेमा देश फासीवादी सत्ताको अभ्यासमा फस्ने र देशको राष्ट्रिय अस्मितालाई कमजोर पार्न सक्ने भनाइ माओवादी नेताहरूले राष्ट्रपतिसमक्ष राखेका थिए।

प्रतिक्रियाहरु