प्रचण्डले सहिदको बलिदानलाई अपमान गरे :गजुरेलप्रचण्डले सहिदको बलिदानलाई अपमान गरे :गजुरेल

२०६९ फाल्गुन २ गते, बुधबार

काठमाडौं । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले प्रचण्डले सहिद र तिनको बलिदानलाई अपमान गरेको बताएका छन् । जनयुद्धको १८ औं वर्षगाँठ मनाउन रोल्पाको थबाङमा आयोजित कार्यक्रममा गजुरेलले थबाङवासीले क्रान्तिलाई धोका दिएकाले प्रचण्डलाई बास नदिने उद्घोष गरेकामा सच्चा जनताले यस्तो हिम्मत देखाउनु आफ्नो अधिकार भएको बताए । ‘क्रान्ति, पार्टी, कार्यकर्ता र मुलुकलाई बन्धक बनाउने यस्ता नेताको पछि लागेमा ठूलो भुल हुनेछ,’ उनले प्रचण्डप्रति संकेत गर्दै भने । नयाँ प्रधानमन्त्री छान्न नसकिरहेको अवस्था निकै हास्यास्पद भएको उल्लेख गर्दै उनले बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव दललाई झुक्याउने खेल भएको उनले तर्क गरे । ‘राजनीतिक दलको विकल्प राजनीतिक दल नै हुनुपर्छ,’ उनले भने, ‘यस्ता खालका बकम्फुसे कुरा गरेर मुलुक र अन्तर्राष्ट्रिय समुदाय हँसाउने नाटक मात्रै हो यो ।’कार्यक्रममा पार्टी महासचिव रामबहादुर थापाले राष्ट्रवादी मिलेर अहिलेको सरकारविरुद्ध सशक्त आन्दोलन अघि बढाउन आवश्यक भएको बताए । ‘अहिले राष्ट्रियता निकै खतरामा परेको छ,’ उनले भने, ‘अहिलेको सत्ता र सुरक्षा अवस्था नेपालीको हातमा छैन, यस्तै अवस्था लामो समयसम्म रहे मुलुक विदेशीको कब्जामा जान सक्छ ।’सबैले आफूहरूलाई हतियार उठाई युद्ध घोषणा गर्ने शंका गरेकोप्रति थापाले पुनः हतियार उठाउने मनसाय नभएको प्रस्ट्याए । थापाले एमाओवादीका नेता र अहिलेको सरकार पूरै भ्रष्ट भएको, सत्ता लिप्साको प्रलोभनमा विदेशीसामु झुकेको र अझै सत्तामा बस्न विभिन्न नाटक गरेको आरोप लगाए । यस्तै, अर्का वक्ता पार्टी सचिव नेत्रविक्रम चन्दले अवसरवादी र आत्मसमर्पणवादीले छाडेको युद्धलाई निर्णायक बनाउने बताए । ‘अबको युद्धले जनजीविकालाई मुख्य रूपमा पूरा गर्नेछ,’ उनले भने, ‘हामीले हतियार नउठाए पनि सडकबाटै आन्दोलन गर्न सक्छौं ।’

प्रतिक्रियाहरु