लुम्बिनी एक्स्पो पुस ६ गतेदेखि

२०६९ मंसिर २७ गते, बुधबार

काठमाडौ । रूपन्देही व्यापार संघको आयोजनामा हुन लागेको लुम्बिनी एक्स्पो-२०६९ मेलाको तयारी तीब्ररूपमा भइरहेको मेला सचिवालयले जनाएको छ । रामनगरस्थित बुटवल मण्डपमा हुने मेलाको तयारीका लागि गठित कतिपय उपसमितिहरूले आˆनो मातहतका कामहरू सम्पन्न गरिसकेका र कतिपयको काम अन्तिम चरणमा पुगेको सचिवालयले जनाएको छ । आगामी पुस ६ गतेदेखि सञ्चालन हुने मेलाको आकर्षण र अवलोकनकर्ताहरूको मनोरञ्जनका लागि गठित सांस्कृतिक उपसमितिले राष्ट्रिय कलाकार र स्थानीय प्रतिभाहरूसँग व्यापक छलफल गरेको छ भने बालउद्यान उपसमितिले बालबालिकाहरूका लागि विगतभन्दा फरक खालका खेल सामग्री तथा अन्य साधनहरू भित्र्याउने तयारी गरिरहेको छ । मेलामा राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका उत्पादनहरूको प्रदर्शन तथा उपभोक्ता जागरण कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने तयारी गरेको प्रचारप्रसार समिति संयोजक डिल्लीराज भण्डारीले बताए । ‘हामी मेलामा बस्तुको प्रदर्शन मात्र होइन उपभोक्तालाई सचेत बनाउने काममा समेत लाग्नेछौा- भण्डारीले भने । करीब ५ सय स्टल रहने मेलामा सहभागिताका लागी भारत, चीन, पाकिस्तान, बङ्गलादेश, भुटानलगायतका देशका किचनका सामग्री उत्पादक, जुत्ता, ब्लाङकेट, ऊनी कपडा र इलोक्ट्रोनिक्सजस्ता बहुराष्ट्रिय उत्पादनका उत्पादकहरूले स्टल दर्ता गराइसकेको जानकारी दिादै उनीहरूले आˆना उत्पादनहरूको प्रदर्शनी, जानकारी र बिक्रीवितरण गर्ने स्टल दर्ता उपसमिति संयोजक एवं संघका प्रथम उपाध्यक्ष श्रीकृष्ण पोख्रेलले बताए । सार्क राष्ट्र र चीनलगायतका करीव ३० वटा कम्पनीले सहभागिता जनाउने उनले बताए । मेलाको तयारीको क्रममा स्टल निर्माण कार्यलाई तीब्रगतिमा अगाडि बढाइएको र आकर्षण तथा स्टल सहभागीहरूको सुविधा र अवलोकनकर्ताहरूलाई सहज ढङ्गले अवलोक गर्ने वातावरण तयार गर्न इञ्जिनियरिङ डिजाइनका आधारमा स्टल निर्माण गरिने स्टल निर्माण उपसमितिका संयोजक एवं संघका उपाध्यक्ष पदम श्रेष्ठले बताए । उनले मेला अवलोकनकर्ताहरूलाई अवलोकनमा झञ्झट नहोस् र धुलो मैलोले समेत अप्ठ्यारो नपरोस भन्नेमा ध्यान पुर्žयाइएको जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु