सहमतिको विकल्पमा माओवादी

२०६९ मंसिर २७ गते, बुधबार

काठमाडौ । राजनीतिक संकट गहिरिादै जादा निकासको कुनै सम्भावना तयार हुन सकेको छैन । संकट निम्त्याउनेहरूबाटै निकासको पहल गरिादा, त्यो सम्भावना झनै क्षीण बन्दै गएको छ । संकटको कारक काग्रेस, एमाले, एमाओवादी र मधेशवादी दलहरू भएकाले उनीहरूबाट निकासको अपेक्षा गर्नु स्यालको सिङ खोज्नुसरह हो भन्ने पुष्टि हुदै गएको छ । पुरानै सोच र शक्तिले मुलुकलाई निकास दिन नसक्ने पक्कापक्की भएको अवस्थामा केही दलहरू त्यही बाटोमा रुमलिादा संकट झनै बढ्दै गएको छ । यिनै चार दलको अकर्मण्यता एवं असफलताको कारण मुलुकले संकटबाट मुक्ति पाउन नसकेको हो ।

एमाओवादी, काग्रेस, एमालेको यथास्थितिवादी सोचको कारण मुलुक अघि बढ्न नसकेको जानकारहरूले बताएका छन् । असफल भएका शक्तिहरूबाटै संकट निकासको अपेक्षा गर्दा मुलुक झनै संकटको भुमरीमा पुगेको समेत उनीहरूको भनाइरहेको छ । संविधानसभालाई हत्या गरी सरकारको वरीपरी लुटपुटिएका सत्तास्वार्थी केही दलहरू यतिबेला नक्कली संविधानसभा निर्वाचनको रटानमा लागिरहेका छन् । सहमति गर्ने चार दलको लामो प्रयास असफल भइसक्दासमेत अझै विकल्प खोज्नेतर्फ सोचिएको छैन । यसबीचमा चार दलको विकल्पबिना अबको निकास नदेख्ने शक्तिहरू बढ्दै जादा नया शक्तिको सम्भावनासमेत बढेर गएको छ ।

अग्रगामी सोच र जनसंविधानको पक्षमा नेकपा-माओवादी अडिग देखिएकोले वर्तमान संकटको निकास दिने विकल्पमा सो पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने राजनीतिक विश्लेषकहरूको ठम्याइरहेको छ । सहमतिको प्रधानमन्त्रीमा पार्टी महासचिव बादललाई अघि सारेको नेकपा-माओवादीले जनजाति र व्यक्तिगत क्षमताको आधारमा पनि बादलको नेतृत्व स्वीकार्नुपर्ने बताएको छ । भावी प्रधानमन्त्रीमा अनेकन नाम प्रचारमा आए पनि सम्पूर्णरूपमा योग्य देखिएका बादलको पक्षमा सहमति बन्ने सम्भावना बढेर गएको छ । एमालेभित्रका केही नेताले समेत बादलको नाममा सहमति जनाएका छन् भने एमाओवादीका प्रचण्ड-बाबुरामसमेत सकारात्मक देखिएपछि उनको सम्भावना बढ्न गएको हो । भारतीय कााग्रेसका प्रभावशाली नेता करणसिंहले समेत नेकपा-माओवादीलाई अलग्याएर अगाडि बढ्न नहुने बताएको बेला बादलको नेतृत्वमा सहमति हुने सम्भावना सघन बन्दै गएको छ । मुलुकको राष्ट्रियता र राष्ट्रिय स्वाधीनतासमेत संकटमा पर्दै गएको अवस्थामा त्यस मुद्दालाई जोडतोडले उठाउने दलको नेतृत्वमा सरकार भइदिादा संकट समाधान हुने राजनीतिक विश्लेषकहरूको भनाइरहेको छ । असफलसिद्ध भइसकेका एमाओवादी, काग्रेस, एमाले, मधेसी मोर्चाबाटै सहमतीय सरकारको नेतृत्व लिएमा मुलुक गम्भीर दुर्घटनामा जाने सम्भावनालाई कसैले टार्न नसक्ने भएकाले राष्ट्रिय सहमति कायम गरी नेकपा-माआोवदीको नेतृत्वमा सरकार गठन हुनुपर्ने समेत उनीहरूको ठम्याइरहेको छ । अबको विकल्प भनेकै नेकपा-माओवादी मात्र भएको पुष्टि हुादै गएको छ । मुलुको वर्तमान संकटको निकास नेकपा-माओवादी र उसको नेतृत्वले मात्र दिन सक्ने र उप्रति जनविश्वाससमेत रहेको पुष्टि हुादै गएको छ । तसर्थ, अबको निकासको एक मात्र विकल्प नेकपा-माओवादी पार्टी हो भन्ने राजनीतिक विश्लेषकहरूको दाबी छ ।

प्रतिक्रियाहरु