१२ बुँदे सहमतिको अस्तित्व समाप्त

२०६९ मंसिर २७ गते, बुधबार

काठमाडौं –  नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेल‘गौरव’ले अहिलेको अवस्थामा राजनीतिक समस्या समाधानका लागि १२ बुँदे सहमति पर्याप्त नरहेको बताएका छन । क्रान्तिकारी पत्रकार सङ्घ सिन्धुलीले वुधवार बिहान सदरमुकाम सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष ‘गौरव’ले भने- “तत्कालीन समयभन्दा अहिलेको अवस्था फरक भइसकेको छ ।एमाओवादीका अध्यक्षले गरेको १२ बुँदेको अस्तित्व समाप्त भइसकेकाले वर्तमान राजनीतिक समस्या समाधानका लागि राजनीतिक दलहरुबीच नयाँ सहमति कायम गरेर जानुपर्छ ।” उनले भने ‘गोलमेच सम्मेलनबाट राजनीतिक समस्या समाधानका लागि नयाँ सहमति निकाल्न सकिन्छ ।’सहमतिका आधारमा प्रधानमन्त्री डा बाबुराम भट्टराई सरकारबाट हट्ने अवस्था नरहेकाले वर्तमान सरकार हटाउन आन्दोलन नै एक मात्र विकल्प रहेकोसमेत धारणा समेत उनले व्यक्त गरे ।

प्रतिक्रियाहरु