वन्यजन्तु संरक्षणमा गुगलको सहयोग

२०६९ मंसिर २६ गते, मंगलवार

काठमाडौ । इन्टरनेट कम्पनी गुगलले वन्यजन्तु संरक्षणको क्षेत्रमा पनि हात हालेपछि गुगलको यो कदमबाट नेपाललाई समेत प्रत्यक्ष फाइदा पुग्ने भएको छ । संकटापन्न वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि भन्दै गुगलले एक अन्तर्राष्ट्रिय संंथालाई ५० लाख अमेरिकी डलर सहयोग प्रदान गरेको हो । विश्व वन्यजन्तु कोषलाई दिइएको उक्त सहयोग राशी संकटापन्न वन्यजन्तुको चोरीसिकार गर्ने तस्करहरूको निगरानी राख्ने मानवरहित जहाजको संचालनमा खर्च गरिने बताइएको छ । विश्व वन्यजन्तु कोषले नेपालका तराई क्षेत्रमा वन्यजन्तु तस्करहरूको निगरानीका लागि मानवरहित जहाजको प्रयोग सुरु गरिसकेको छ, जसमार्फत् राष्ट्रिय निकुञ्ज क्षेत्रमाथिको आकाशबाट निकुञ्जका वन्यजन्तुको अनुगमनका साथै चोरसिकारीहरूको निगरानी गरिन्छ । वन्यजन्तु कोषले यस्ता मानवरहित जहाज विश्वभरिनै प्रयोगमा ल्याउने तयारी गरेको छ । गुगलको सहयोग राशीबाट मानवरहित जहाज ड्रन कार्यक्रमलाई एसिया र अपि|mकाका अरु देशमा समेत विस्तार गरी गैाडा, हात्ती, बाघलगायतका संकटापन्न वन्यजन्तुको संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ । साथै यो सहयोग राशी वन्यजन्तुको प्यागिङ प्रविधि, सेन्सर, तथा अनुगमन सˆटवेयरलगायतका क्षेत्रमा पनि खर्च गरिनेछ । गुगलले आˆनो विश्वव्यापी प्रभाव अवार्डअन्तर्गत विश्व वन्यजन्तु कोषलाई सहयोग राशी प्रदान गरेको बताएको छ । कठिन मानवीय चुनौतिसाग जुध्न नयाा प्रविधि तथा सोचका साथ काम गरिरहेका संस्थालाई यस्तो अवार्ड दिइने गुगलको भनाइ छ । गुगलले यो पाला वन्यजन्तु कोषसागै अरु ६ संस्थालाई समेत यस्तो अवार्ड प्रदान गरेको छ । – एजेन्सी

He would create a report based on the interview and that report would become a part of my overall writemypaper4me application

प्रतिक्रियाहरु