बढी भ्रष्टाचार हुने मुलुकमा नेपाल

२०६९ मंसिर २६ गते, मंगलवार

काठमाडौ । नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये १ सय ३९ औा स्थानमा परेको छ । भ्रष्टाचारसम्बन्धी नियामक संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले १ सय ७६ वटा राष्ट्रमा गरेको सर्वेक्षणपछि गतबुधबार सार्वजनिक गरेको सर्वेक्षणमा नेपाल २७ अंकका साथ मुलुकमध्ये १ सय ३९ औा स्थानमा परेको हो । राजनीतिक संक्रमणको बहानामा सरकार, राजनीतिक दल र नेतृत्व भ्रष्टाचार नियन्त्रणमा गम्भीर हुन नसकेको प्रष्ट भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । अघिल्लो वर्ष १ सय ८३ देशमा गरिएको सर्वेक्षणमा नेपाल १ सय ५४ औा स्थानमा थियो । दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक बनेको छ भने भुटान कम भ्रष्टाचार हुने देश बनेको छ । अफगानिस्तान १ सय ७४ र भुटान ३३ औा स्थानमा छन् । यस्तै भारत ९४ औा स्थानमा छ । पाकिस्तान भने नेपालजति नै १ सय ३९ औा स्थानमा छन् भने बंगलादेश १ सय ४४ औा स्थानमा छ । ट्रान्सपरेन्सीको सूचीमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क फिनल्याण्ड र न्यूजील्याण्ड रहेका छन् । यी देशले समान ९० अंक पाएका छन् । त्यसपछि क्रमशः स्वीडेन, सिङ्गापुर, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया, नर्वे, क्यानडा र नेदरल्याण्डस् छन् कम भ्रष्टाचार हुने देश रहेका प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा भ्रष्ट मुलुकमा अपि|कन देश सोमालिया परेको छ । अमेरिका १९ औा स्थानमा छ भने चीन ८० औा स्थानमा छ ।

Hochtemperatur-supraleiter sind komplizierte https://hausarbeithilfe.com/ legierungen aus barium, kupferoxid, und solchen elementen wie yttrium, strontium oder titan

प्रतिक्रियाहरु