डलरको भाउ घट्यो

२०७६ जेष्ठ ७ गते, मंगलवार

काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको खरिद मूल्य १११ रुपैयाँ २८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८८ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८५ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रिदर १४२ रुपैयाँ ५८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ६४ पैसा र बिक्रिदर ३६७ रुपैयाँ ६२ पैसा रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु