ज्ञवालीको ठगीधन्दा

२०७४ फाल्गुन ७ गते, सोमबार

काठमाडौं, ७ फागुन । नयाँ बानेश्वरस्थित जि–सप (००) पसलका सञ्चालक ध्रुव ज्ञवालीले ठगी गर्दै आइरहेको खुलासा भएको छ । ब्रान्डेड कम्पनीका सामग्री बिक्रीका नाम उनले ठगी गर्दै आइरहेको पीडित ग्राहकहरुको गुनासो रहेको छ । ब्रान्डेड कम्पनीका सामग्री भन्दै कमसलस्तरका सामानलाई महँगो मूल्यमा बेच्दै आइरहेको उक्त जि–सपले कर छली गर्ने गरेको समेत स्रोतले दाबी गरेको छ । गुल्मी स्थायी घर भएका उक्त पसलका सञ्चालक ध्रुव ज्ञवाली केही वर्ष अगाडिसम्म झोलामा सामान बोकेर बुटबललगायतका क्षेत्रमा पुगी बिक्री गर्ने गरेको तर अहिले उनले काठमाडौँको मुटु नयाँ बानेश्वर चोकमै विशाल पसल ‘जि–सप’ सञ्चालन गरेका छन् । र, पसल सञ्चालक ध्रुव ज्ञवालीले केही समय अगाडि बुद्धनगरमा घर किनेको र सो घर किन्दासमेत उनले कर छली गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार ज्ञवालीले कर छली र अवैध व्यापारबाट करोडौँ कमाएका छन् । ज्ञवाली जस्तै व्यापारीका कारण देशको अर्थव्यवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको सबैलाई जानकारी भएकै विषय हो । यस्ता विषयमा सरकार र सम्बन्धित निकाय चनाखो हुनैपर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु