खड्काद्वारा पुनःबहालीको माग

२०७४ आश्विन ५ गते, बिहीबार

काठमाडौँ, ४ असोज । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेका गोपालबहादुर खड्काले आफूलाई पुनःबहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आपूर्ति मन्त्रालय लगायतलाई विपक्षी बनाई खड्काले वारिस मोतीलाल तामाङमार्फत दायर गरेको निवेदनमा आफूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न र पुनःबहाली गर्न माग गरिएको छ ।
निवेदनमा भनिएको छ, “कुनै पनि विषयको आरोप लगाएर सुनुवाइको मौका नदिई विभागीय मन्त्रीको ठाडो आदेशमा हटाइएको छ, जुन गैरकानूनी र प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ ।”
निगमको जग्गा खरिदका विषयमा अनियमितता गरेको आरोपमा मन्त्रिपरिषद् बैठकले खड्कालाई सोमबार पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु