बिश्व

जापानी प्रधानमन्त्री म्यानमारमा

टोकियो, । जापानी प्रधानमन्त्री सिन्जो अबे म्यानमारको औपचारिक भ्रमणका लागि शुक्रबार त्यसतर्फ लाग्नुभएको समाचार छ । उहाँले आजदेखि तीन दिनसम्म म्यानमार भ्रमण गर्नुहुने भएको छ ।उहाँ शुक्रबार म्यानमारका लागि प्रस्थान गर्नुभएको जानकारी जापानी मन्त्रिपरिषद्का प्रमुख योसिहिदो सुगाले दिनुभएको छ । ओबेले म्यानमारसँगको सम्बन्धका साथै आर्थिक लगानी लगायतका क्षेत्रमा पनि कुराकानी गर्नुहुने बताइएको छ ।दक्षिण–पूर्वी एसियाली […]

२०७० जेष्ठ १० गते, शुक्रबार

अनलाइन सामाग्री जफत अभियान

काठमाडौ,– चीनले अश्लिलता फैलाएको भन्दै डेढ लाख भन्दा बढी अनलाइन प्रकाशन जफत गरेको छ ।अश्लिलता रोक्ने उद्देश्यले गएको मार्चमा शुरु गरिएको इन्टरनेट सफाई अभियान अन्तर्गत १ लाख ८० हजार वटा अनलाइन सामाग्री नियन्त्रणमा लिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।अश्लिल र अवैध प्रकाशन विरुद्धको राष्ट्रिय कार्यालयका अनुसार १० हजार भन्दा बढी वेबसाइटलाई कानुन र नियम उल्लंघन […]

२०७० जेष्ठ ८ गते, बुधबार

अमेरिकामा भीषण आँधी

आँधीका कारण अमेरिकाको ओक्लाहोमा शहरमा कम्तीमा ५१ जनाको ज्यान गएको छ । ३ सय २१ किलोमिटर प्रतिघण्टाको दरले आँधी चलेपछि ओक्लाहोमाको दक्षिणी मूरे उपनगर सबैभन्दा धेरै प्रभावित भएको छ । त्यहाँ दर्जनौं घर र विद्यालयहरु भत्किएका छन् । विद्यालय छुट्टी हुने बेलामा आँधी चलेकाले धेरै स्कुले बालबालिका प्रभावित भएका छन् । भत्किएका भवनमा थुप्रै बालबालिका […]

२०७० जेष्ठ ७ गते, मंगलवार

पाकिस्तानकी महिला नेतृ हुसैनको हत्या

पाकिस्तानकी महिला नेतृ जाहरा शाहिद हुसैनको हत्या भएको छ । तहरिक ए ईन्साफ पार्टीकी वरिष्ठ उपाध्यक्ष हुसेनलाई शनिबार राति कराँचीमा उहाँको घरबाहिर गोली हानी हत्या गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।टाउकोमा गोली लागेकी हुसेनको उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको हो । उहाँमाथि मोटरसाईकलमा रहेका तीन जना व्यक्तिले गोली हानेका थिए ।लुटपाट गर्ने उद्देश्यले […]

२०७० जेष्ठ ५ गते, आईतवार

इरानमा महिलाले राष्ट्रपतिको उम्मेदवार बन्न नपाउने

काठमाडौँ । -इरानमा आउँदो जुन १४ मा हुने राष्ट्रपतीय निर्वाचनमा महिलाले उम्मेदवारी दिन नपाउने भएका छन् । संवैधानिक निकाय गार्जियन काउन्सीलका धार्मिक सदस्य मोहम्मद याज्दीले संविधानले नै महिलालाई राष्ट्रपतिको उम्मेदवार हुन रोक लगाएको तर्क गर्दै कुनै पनि महिला चुनावमा सहभागी हुन नपाउने बताएका हुन् । राष्ट्रपति निर्वाचनका लागि ३० जना महिलाले आफ्नो उम्मेदवारी दर्ता गरेका […]

२०७० जेष्ठ ४ गते, शनिबार

सिरीयामाथि सैन्य आक्रमण हुन सक्छः ओबामा

सिरीयामाथि सैन्य आक्रमण हुन सक्छः ओबामा काठमाडौं ।अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरीयामाथि सैन्य आक्रमणको चेतावनी दिएका छन् । र्टर्कीका राष्ट्रपति अब्दुल गुअलसंगको भेटवार्ता पछि संवाददाताहरुसंग कुरा गर्दै अमेरिकी राष्ट्रपति ओबामाले सिरीयाले नागरिकमाथि रासायनिक हतियार प्रयोग गरिरहेको भन्दै सैन्य आक्रमणको बिकल्प खुलेको बताएका हुन् । उनले बसर अल असादको सरकारले नागरिकमाथि रासायनिक हतियार प्रयोग गरिरहेको पाईएकाले […]

२०७० जेष्ठ ३ गते, शुक्रबार

पाकिस्तानको निर्वाचनमा ३२ को मृत्यु

इस्लामावाद, – पाकिस्तानमा शनिबारको आमनिर्वाचन अपेक्षित शान्तिपूर्ण नै रहेको भनिएपनि विभिन्न स्थानमा भने तालिवानहरुले आक्रमण गरी केहीको हत्या गरेका छन् । शनिबारको लागि आह्वान गरिएको संसदीय निर्वाचनमा भएका पछिल्ला हिंसाका क्रममा कम्तीमा पनि ३२ जनाको ज्यान गएको बताइएको छ । सो निवार्चको क्रममा भएका आक्रमणहरुमा अन्य २२४ व्यक्ति घाइते भएको जानकारी स्थानीय सञ्चार माध्यमले दिएको […]

२०७० बैशाख २९ गते, आईतवार

दाइजोमा पुरानो ट्युव

काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा पर्ने बारंगल जिल्लाको एउटा गाउँमा छोरीको विहेमा दाईजोको रूपमा पुरानो ट्युव अनिवार्य दिनुपर्ने अनौठो चलन छ । भारतीय संचार माध्यमहरूका अनुसार विहेमा अरु दाइजो दिए नदिएको कुराले खासै महत्व राख्दैन । ट्रकको टायरमा लाग्ने पुरानो ट्युब भने अनिवार्य छ । यसको कारण हो स्थानीय मंगलथाडा गाउँमा जान पुल नहुनु । […]

२०७० बैशाख २८ गते, शनिबार

फिलिपिन्समा पैसा र मदिरामा प्रतिबन्ध

काठमाडौँ । फिलिपिन्समा आउँदो साता हुने निर्वाचनमा मत खरिद गर्ने कामलाई निरुत्साहित गर्न तथा हिंसा हुन नदिन बुधबार जनतालाई ठूलो आकारमा रकम बोक्न तथा तथा मदिरा खरिद गर्न प्रतिबन्ध लगाइएको छ । निर्वाचन आयोगले सोमबारको मध्यावधि निर्वाचनसम्म बैङ्कहरूलाई कुनै पनि व्यक्तिलाई एक लाख पेसोभन्दा बढी उपलब्ध नगराउन आदेश दिएको छ । यसैगरी आयोगले कुनै पनि […]

२०७० बैशाख २८ गते, शनिबार

१७ दिनपछि जीवितै उद्धार

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा गत अप्रिल २४ मा भत्किएको एक भवनबाट शुक्रबार एक महिलालाई जीवितै फेला पारिएको छ । भवन भत्केको १७ दिनपछि फेला पारिएको ती महिलाको नाम रेश्मा भएको बताइएको छ । भग्नावशेषमा भेटिएकी ती महिलालाई खासै ठूलो चोट लागेको छैन । उनलाई खाना र पानी दिइएको छ । उद्धारमा खटिएको टोलीले उनलाई […]

२०७० बैशाख २७ गते, शुक्रबार