बिश्व

सिरियामा श्रृङ्खलाबद्ध विस्फोट, ५० जनाको मृत्यु

काठमाडौ, १८ माघ । सिरियामा भएका शृङ्लाबद्ध विस्फोटमा मर्नेको संख्या ५० पुगेको छ । हिजो राजधानी दमास्कसको दक्षिणी क्षेत्रमा रहेको सिया समुदायको मुख्य आस्थाको केन्द्र साइदा जेइनाव नजिक भएका विस्फोटहरुमा उनीहरुको मृत्यु भएको हो । विस्फोटमा एक सय १० जना घाइते भएका छन् । घटनाको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ । सरकारी सञ्चारमाध्यमहरुले […]

२०७२ माघ १८ गते, सोमबार

नेटोद्वारा रसियालाई चेतावनी

काठमाडौं, १७ माघ । नेटोले रसियालाई आफ्नो हवाई अनुशासनको पालना गर्न र टर्कीको आकासको सम्मान गर्न चेतावनी दिएको छ । रसियाली सुरक्षा अधिकारीहरुले पछिल्लो समयमा विना अनुमति टर्कीको आकासमा आफ्ना विमान उडाउने गरेको आरोप लाग्ने गरेको छ । यसै समाचारको पृष्ठभूमिमा हवाई अनुशासनको पालना गर्न नेटोले रसियालाई चेतावनी दिएको समाचारमा जनाइएको छ । नेटोका महासचिव […]

२०७२ माघ १७ गते, आईतवार

भारतमा बलात्कार र हत्या अभियोगमा तीनलाई मृत्युदण्ड

काठमाडौं, १७ माघ । भारतीय एक अदालतले एक विद्यार्थीको हत्या र सामूहिक बलात्कारमा संलग्न भएको अभियोगमा शनिबार मृत्युदण्ड को सजाय दिइएको थियो । गएको बिहीबार उनीहरुलाई सन् २०१३ मा आफ्नो परीक्षामा सामेल भई घर फर्किने क्रममा २१ वर्षीया एक युवतीलाई पूर्वी पश्चिम बङ्गाल राज्यमा सामूहिक बलात्कार गरिएको र उनको उपचारका क्रममा अस्पतालमा निधन भएको थियो […]

२०७२ माघ १७ गते, आईतवार

खानीमा फसेका कामदारको ३६ दिनपछि जीवितै उद्दार

काठमाडौं, १६ माघ । चीनको एक खानीमा फसेका चार जना कामदारलाई ३६ दिनपछि जीवितै उद्दार गरिएको छ । चीनको पूर्वी सानडोङ प्रान्तमा रहेको जिप्सम खानीको सुरुङमा ३६ दिनदेखि फसेका चार जना खानी कामदारको उद्दार गरिएको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएका छन् । गत डिसेम्बर २५ मा खानी भत्कँदा २९ जना कामदार जमिनमुनि सुरुङमा काम गरिरहेका […]

२०७२ माघ १६ गते, शनिबार

मानवअधिकार संगठनद्वारा मोदीको आलोचना

काठमाडौ, १५ माघ । अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । अन्तर्राष्ट्रिय ह्युमन राइटस् वाच र एमनेस्टि इन्टरनेशनलले आफ्नो वार्षिक प्रतिवेदनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको नेतृत्वको सरकारको आलोचना गरेका हुन् । ती संगठनले अल्पसंख्यकमाथिको हमला रोक्न नसकेको, नागरिक अधिकार संगठनमा रोक लगाएको भन्दै मोदी र उनको सरकारको आलोचना गरेका […]

२०७२ माघ १५ गते, शुक्रबार

भारतको छत्तिसगढमा प्रहरी र विद्रोहीबीच दोहोरो भिडन्त

काठमाडौ, १४ माघ । भारतको मध्य भागमा पर्ने राज्य छत्तिसगढमा सरकारी प्रहरी र विद्रोहीबीच भएको दोहोरो गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको समाचार छ । प्रान्तीय राजधानी रायपुरदेखि ३६७ किलामिटर दक्षिणमा पर्ने दन्टेवादा जिल्लामा सो गोलीहानाहान भएको जनाइएको छ । जङ्गलको पहाडी इलाकामा भएको दोहोरो गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएको […]

२०७२ माघ १४ गते, बिहीबार

जिका भाइरसको खोप पाउन १० बर्ष लाग्ने

काठमाडौं, माघ १४ । अमेरिकी मुलुकमा महामारीको रुपमा फैलिएको जिका भाइरसविरुद्धको खोप सार्वजनिक रुपमा उपलब्ध हुन अझै दश वर्ष लाग्न सक्ने वैज्ञानिकहरुले बताएका छन् । जिका भाइरसविरुद्धको खोपका विषयमा अनुसन्धानरत अमेरिकी वैज्ञानिकले खोप बनाएर सार्वजनिक प्रयोगमा ल्याउन अझै एक दशक लाग्न सक्ने बताएका हुन् । यस भाइरसले गर्भमा रहेको शिशुका मस्तिष्कमा नकारात्मक असर पार्ने गर्दछ […]

२०७२ माघ १४ गते, बिहीबार

महासचिब मुनले आतंकबादलाई प्रोत्साहन दिए: बेन्जामिन नेतन्याहु

काठमाडौं, १३ माघ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनले आतंकवादलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् । महासचिव वानले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा प्यालिस्टेनीहरुमाथि इजरायलले गरेको कारवाहीको निन्दा गरेपछि प्रधानमन्त्री नेतनन्याहुले यस्तो आरोप लगाएका हुन् । बैठकमा महासचिव मुनले प्यालेस्टीनीहरुलाई उदृत गर्दै दमनको विरुद्ध उठ्नु मानवीय स्वभाव हुने भनि टिप्पणी […]

२०७२ माघ १३ गते, बुधबार

८६ वर्षीया बिरद्धद्वारा सात लाख अस्ट्रेलियन डलर दान

काठमाडौ । सर्भियाकी एक वृद्धा महिलाले आफ्नो श्रीमानबाट उत्तराधिकारका रुपमा प्राप्त गरिब सात लाख अस्ट्रेलियन डलर दान गरेकी छन् । ८६ वर्षीया मारिजा जेलाटिक पूर्वी सर्भियाको पहाडी क्षेत्रको एउटा माटोले बनेको घरमा एक्लै बस्छिन् । पाँच वर्षअघि उन आफूबाट अलग भएर अस्ट्रेलियामा बस्दै आएका श्रीमानको निधन भएको थाहा पाएकी थिइन् । सन् २०११ मा मारिजाले […]

२०७२ माघ १२ गते, मंगलवार

राष्ट्रपति पुटिन भ्रष्टाचारी भएको आरोप

काठमाडौं, १२ माघ । अमेरिकी आर्थिक विभागले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भ्रष्टाचारी भएको आरोप लगाएको छ । अमेरिकी आर्थिक विभागमा प्रतिबन्ध लगाउन निगरानी राख्ने एडम सुविनले पुटिन भ्रष्टाचारी भएको र अमेरिकी सरकारले केही वर्षदेखि यसको जानकारी पाएको बताएका हुन् । अमेरिकी सरकारले यसअघि रुसी राष्ट्रपतिका केही सहयोगीमाथि प्रतिबन्ध लगाइसकेको छ । तर राष्ट्रपतिमाथि पहिलो पटक […]

२०७२ माघ १२ गते, मंगलवार