राजनीति

भारतीय सीमा सुरक्षा बलद्वारा नेपाली भूभागमा खेत जोत्न रोक

काठमाडौँ, ३ कात्तिक । भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ । नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नं १६ को ७९६/१ सवपिल्लर नजिक रहेको जग्गामा वीरबल गुरुङले भोगचलन गर्दै आएको जग्गामा भारतीय सुरक्षा बलले खनजोत गर्नमा रोक लगाएका हुन् । धान कटानपछि खेत जोत्न थालेपछि भारतीय […]

२०७४ कार्तिक ३ गते, शुक्रबार

अर्थ, शिक्षा र गृह मन्त्रालयमा जान सचिवहरुको दौडधुप सुरु

काठमाडौं, २ कात्तिक । महत्वपूर्ण, शक्तिशाली र आकर्षक मानिएका अर्थ, शिक्षा र गृह मन्त्रालयमा जान सचिवहरुले दौडधुप सुरु गरेका छन् । अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले पाँच वर्षे सेवाअवधि सकिएकाले कात्तिक २ देखि अवकाश पाएका छन् भने सरकारले आगामी कात्तिक ६ वा ७ मा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई […]

२०७४ कार्तिक २ गते, बिहीबार

मुख्यसचिव नियुक्तिको गृहकार्य सुरु

काठमाडौं ,१ कात्तिक । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री कात्तिक ७ गते सेवा निवृत्त हुँदैछन् । २९ असारमा मुख्यसचिव नियुक्त क्षेत्री सेवानिवृत्त हुनुअगावै सरकारले तिहारलगत्तै ३ वर्षका लागि नयाँ मुख्यसचिव नियुक्तिको गृहकार्य थालेको छ । ३ जना वरिष्ठ मुख्यसचिवको दौडमा छन् । कार्यरत ५० जनाभन्दा धेरै सचिवमध्ये ज्येष्ठता र कार्यसम्पादनका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद […]

२०७४ कार्तिक १ गते, बुधबार

माओवादी मन्त्रीहरु जिम्मेवारी बिहिन

काठमाडौं , ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुको जिम्मेवारी खोसेका छन् । यससगै माओवादीका मन्त्रीहरु विना विभागीय भएका छन् । यसैबीच , प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गरेका छन् । उपप्रधानमन्त्री कमल थापाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । गृहमन्त्रालय भने प्रधानमन्त्रीले आफैं राखेका छन् । मंगलबार अपराहृन […]

२०७४ आश्विन ३१ गते, मंगलवार

एनआरएनएको अध्यक्षमा भट्ट

काठमाडौँ , ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । सोमबार भएको मतदानमा भट्टले प्रतिस्पर्धी जमुना घले गुरुङलाई दोब्बर मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । भट्टले ११ सय ९७ मत प्राप्त गर्दा गुरुङले भने ५ सय ८४ मत मात्र प्राप्त गरिन । १८५४ मध्ये १७८८ मतदाताले मतदान […]

२०७४ आश्विन ३१ गते, मंगलवार

कांग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकता हुदै

काठमाडौं, ३० असोज । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकता हुने भएको छ । दुई दलबीच आइतबार नै पार्टी एकता हुने भनिए पनि बेलुका अबेरसम्म सबै विषयमा सहमति जुट्न नसकेपछि एकताको घोषणा आजका लागि सारिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हुने एकता घोषणा कार्यक्रमपछि नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित हुने छ । […]

२०७४ आश्विन ३० गते, सोमबार

केरुङ जान प्रतिबन्ध

काठमाडौं, २९ असोज । नेपालको उत्तरी सीमा रसुवागढी नाकाबाट स्थानीय बासिन्दाबाहेक अन्य नागरिकलाई केरुङ जान रोक लगाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलका अनुसार आगामी कात्तिक १ गतेदेखि चीनमा हुने नेशनल कंग्रेसको चुनावलाई मध्यनजर राखी फाटफुटरुपमा घुम्न केरुङ जाने नेपालीलाई मितेरी पुलबाट नछोड्न चिनियाँ अधिकारीले आग्रह गरेका कारण केही समयका लागि अस्थायी पास […]

२०७४ आश्विन २९ गते, आईतवार

पञ्चेश्वरको विस्तृत वातावरणीय योजना निर्माण अन्तिम चरणमा

काठमाडौं, २९ असोज । पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल–भारत सीमामा बग्ने महाकाली नदीमा वातावरण विज्ञहरुको टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा स्थानीयवासीसँग छलफल गरी विस्तृत वातावरणीय व्यवस्थापन योजना निर्माण कार्य अन्तिम चरणमा पु¥याइएको हो । परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेशनल प्रालिले वातावरणविद्, कृषि विज्ञ र […]

२०७४ आश्विन २९ गते, आईतवार

संसदको अन्तिम बैठक बस्दै

काठमाडौं, २८ असोज । आज संसद्को अन्तिम बैठक बस्दैछ । आज मध्यरातदेखि अवधि समाप्त हुने संसद्को शुक्रबारको बैठकलाई नै अन्तिम बनाउने भनिए पनि आजसबै दलका शीर्ष नेताले सम्बोधन गर्ने गरी बैठक बस्न लागेको हो । आजको बैठकमा फोटो खिच्ने, चियापान गर्ने र सांसदलाई बाटो खर्च पनि उपलब्ध गराइने संसद सचिवालयले जनाएको छ । २०७२ असोज […]

२०७४ आश्विन २८ गते, शनिबार

संसदकाे अायु सकियाे

काठमाडौं, २७ असोज । २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठक शुक्रबार बस्दै छ । ६ सय १ सदस्यीय संविधानसभा संविधान जारी भएपछि कार्यान्वयनमा महत्वपूर्ण कार्य गर्नुपर्ने भन्दै संसद्मा रूपान्तरण भएको थियो । नयाँ संविधानको व्यवस्थाअनुसार संसद् स्वतः विघटन हुन लागेको हो । संसद्को म्याद माघ ७ गतेसम्म रहे पनि […]

२०७४ आश्विन २७ गते, शुक्रबार