कला तथा साहित्य

झुप्राको अगेनामा बलेनन् आगो – बैरागी जेठा

मेरो खरको झुप्राको अँगेनामा कुनै आगाका लप्काहरू छैनन् क्रान्ति स्थापना भएपछि मेरो खरको झुप्रामा छिरेको छु वर्दीधारीहरूको एक्कासी हमलाले मेरो घाउ बल्झिएको छ मूर्ख मानिसहरू आमालाई वदनाम गर्न भोटहाल्न दगुरिरहेछन् हाम्रा तन्नेरीहरू बाटो रोक्न आरनको ज्वालाझैँ उठिरहेछन् शहीदको रगतमा विक्षिप्त शपथग्रहण गरेर मेरी आमाका आँचल च्यातिरहेछन् अनेकौँ षड्यन्त्रका जाल बुनेर चुनाव जित्नु अघिनै फुलका माला […]

२०७० मंसिर ३ गते, सोमबार

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०४ औं जन्मजयन्ती मनाइँदै

काठमाडौं, १७ कात्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १०४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।विक्रम संवत १९६६ सालको लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा उनको जन्म भएको थियो । १० वर्षदेखि नै कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन् […]

२०७० कार्तिक १७ गते, आईतवार

साहित्यकार जगदिश घिमिरेको निधन

काठमाडौ,१४ कार्तिक – आज बिहान बजे साहित्यकार जगदीश घिमिरेको निधन भएको छ । क्यान्सरबाट पीडित ६८ वर्षीय घिमिरेको ओम अस्पतालमा निधन भएको हो । घिमिरेको पार्थिव शरीरलाई केही बेरपछि पशुपति आर्यघाट पुर्याएर अन्त्येष्टि गरिने छ । घिमिरले एकमहिना यता ओम अस्पतालमा उपचार गराइरहेका थिए । घिमिरेको जन्म वि.स २००२ साल चैत २८ गते रामेछापको मन्थलीमा […]

२०७० कार्तिक १४ गते, बिहीबार

भाषा-साहित्यमा उदयपुरको चर्चा – नन्दलाल आचार्य

परिचय यो जगत् सुन्दर हुनु र देखिनुमा भाषा-साहित्यले आधारभूत भूमिका खेलेको छ । मानवीय जीवनको प्रगतिको द्योतकका रूपमा भाषा-साहित्य चिनिन्छ । मानिसलाई मानव भनेर चिनाउने गहना पनि साहित्य नै हो । मुलुकको सभ्यता र संस्कृतिको परिचय त्यहाँकोे भाषा, कला र साहित्यले दिने गर्दछ । साहित्य समृद्धशाली छ भने त्यस देशको समुन्नतिमा ठोस टेवा पुग्छ । […]

२०७० कार्तिक २ गते, शनिबार

नेपालीहरुको महान् चाड बडादशैं – नानिभाइ मिखाद्वमि

नेपालीहरुको दशैर्पर्व -बिजया दशमी) आश्विन शु क्ल १ दे खि आश्विन १५ सम्म मनाइन्छ । सो पर्व मनाउन जमरा उमारेर पुजा गर्ने चलन छ । महाअष्टमी, नवमीका दिन सरकारी नियम अनुसार बसन्तपुर हनुमान ढोका स्थित तुलजा भवानी र अन्य ठाउँमा रहेका देवदेवीका मन्दिरहरु, सैनिक, प्रहरीका ब्यारेक एवं कोत आदि ठाउँहरुमा राँगो, बोका, हाँस, कुखुरा इत्यादिको […]

२०७० आश्विन २० गते, आईतवार

जनसाहित्यमा थपिएको एक बलियो इँटः ‘रक्तमुच्छेल अंकुरण’ -नन्दलाल आचार्य

साहित्य र कलाले गलत चिन्तन र प्रवृत्तिको भण्डाफोर गरी नयाँ परिवर्तनमा निकै दूरगामी भूमिका खेल्ने गरेको र त्यसमा पनि अहिलेसम्म सामन्ती सत्ताले दवाइराखेका क्रान्तिकारी, समाजवादी, यथार्थवादी साहित्य र कला जनतामा निकै फस्टाइरहेको छ । – रामकुमारी यादव प्रगतिवादी चिन्तन र धरातलबाट नै नेपाली समाजले न्याय, समानता र स्वतन्त्रता प्राप्त गर्न सक्छ । श्रमजीवि, र्सवहारावादी एवं […]

२०७० आश्विन १९ गते, शनिबार

लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा शर्मा

काठमाडौं,१५ असोज । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा गायक चन्द्र शर्मा निकटतम प्रतिद्वन्द्वी विष्णु खत्रीलाई पराजित गर्दै निर्वाचित भएका छन् । शर्माले ७ सय ९१ मत प्राप्त गरे भने खत्रीले ४ सय ११ मत मात्रै प्राप्त गरेका थिए । प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा बद्री पंगेनी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धि कृष्ण देवकोटालाई पराजित गरेका […]

२०७० आश्विन १५ गते, मंगलवार

द भाइव्ज व्याण्डको दोश्रो एल्बम ‘को हुँ म’ बजारमा

काठमाडौं, १४ असोज – आफ्नो पहिलो एल्बम ‘द भाइब्ज जेनेरेशन’बाटै नेपाली सांगीतिक क्षेत्रमा तहल्का मच्चाएको द भाइव्ज व्याण्डले दोश्रो एल्बम ‘को हुँ म’ बजारमा ल्याएको छ । चार बर्षको अन्तरालपछि नेपालदेखि अमेरिकासम्म लोकप्रियता कमाउन सफल नेप्लिज अमेरिकन रक सांगीतिक समूह द भाइव्ज व्यान्डले ‘को हुँ म’ बजारमा ल्याएको हो । नेपाल र अमेरिकाका नेपाली रक […]

२०७० आश्विन १४ गते, सोमबार

राष्ट्रिय एकता नै समस्या समाधानको अचुक अश्त्र – नन्दलाल आचार्य

जनयुद्ध, जनआन्दोलन-२, मधेस आन्दोलन, आदिवासी, जनजाति, पिछडावर्ग आदिको कारण नेपाल गणतन्त्र नेपाल भई संविधान निर्माणमा सरिक छ । सबै वर्गले अधिकार खोजिरहेका छन् । गठन भएका हरेक सरकार ढलपलको अवस्थामा छन् । जनताले दर्ीघकालीन शान्ति र विकासका निम्ति संविधान र स्थायी सरकार खोजिरहेछन् । छिमेकी मुलुक पनि यही मौकामा चौका हान्ने सुरले सीमा अतिक्रमण गर्न, […]

२०७० आश्विन १२ गते, शनिबार

‘क्रान्ति र बिद्रोह ‘ नामक पुस्तक र्सार्वजनिकीकरण हुदै

काठमाडौं, ९ असोज – नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ मार्क्सवादी लेखक हस्तबहादुर केसीद्वारा लिखित ‘क्रान्ति र बिद्रोह’ नामक पुस्तक यहि असोज ११ गते शुक्रबार १:३० बजे संवाद डबली, अनामनगरमा र्सार्वजनिकीकरण हुने भएको छ । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’को प्रमुख अतिथित्यमा हुने उक्त कार्यक्रमका वक्ता अतिथिहरुमा नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र […]

२०७० आश्विन ९ गते, बुधबार