वनका उपाध्यक्षसहित काठ तस्करीको आरोपमा पक्राउ

२०७३ कार्तिक २३ गते, मंगलवार

काठमाडौ, २३ कात्तिक । कञ्चनपुरको शङ्करपुरमा रहेको बागवानी सामुदायिक वनका उपाध्यक्षसहित आठजना काठ तस्करीको आरोपमा पक्राउ परेका छन् । सालको काँचो रुख कटानी गरी आइतबार राति गोरुगाडामा राख्दै गरेका बेला वनका उपाध्यक्ष दुखत रानासहित सुन्दरलाल चौधरी, जीवन राना, चाइना चौधरी, जीतराम राना, छंगा राना, बेचराम राना र रामु राना पक्राउ परेको इलाका प्रहरी कार्यालय शङ्करपुरका प्रहरी नायब निरीक्षक कटकबहादुर कुवँरले बताए ।
पक्राउ परेका आठजनासहित चार गोरुगाडा र तीन थान विभिन्न नापका सालका गोलीया बरामद गरिएको उनले बताए । ‘बरामद काठ, गोरुगाडा र पक्राउ परेका आठै जनालाई जिल्ला वन कार्यालय कञ्चनपुरको जिम्मा लगाएका छौँ,’ उनले भने । जिल्ला वन कार्यालय, कञ्चनपुरका प्रमुख शिवप्रसाद शर्माले पक्राउ परेकामाथि आजदेखि अनुसन्धानको कार्य सुरु गरिएको बताए । ‘काठ तस्करीमा संलग्न वनका कर्मचारी र वन उपभोक्ता समितिका जुनसुकै पदाधिकारी पनि अनुसन्धानका क्रममा दोषी देखिए कारबाही हुन्छ,’ उनले भने । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

स्टार्टअपलाई १० वर्ष आयकर छुट

२०८१ जेष्ठ ६ गते, आईतवार

नेप्से शून्य दशमलव ७९ अंकले बढ्यो

२०८१ जेष्ठ ३ गते, बिहीबार

सुन प्रतितोला एक लाख ४० हजार

२०८१ जेष्ठ ३ गते, बिहीबार