दर्जन पूर्वमन्त्रीसहित २९ व्यक्तिमाथि अख्तियारद्वारा छानविन सुरु

२०७२ मंसिर २० गते, आईतवार

काठमाडौं, २० मंसिर । एक दर्जन पूर्वमन्त्री र तीन बहालवाला सचिबसहित २९ जना प्रभावशाली व्यक्तिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले (स्रोत नखुलेको) सम्पत्ति आर्जन गरेको शंकामा छानविन सुरु गरेको छ । अख्तियारले सबै बैंकलाई २९ जना सबैको लकरहरु आइतबारसम्म बन्द गर्न समेत निर्देशन दिएको समाचार कान्तिपुर दैनिकले मंसिर २० मा प्रमुख समाचार प्रकाशित गर्दै सार्वजनिक गरेको छ ।
अख्तियारका प्रमुख लोकमानसिहं कार्कीले शुक्रबार सबै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आयोगको कार्यकक्षमै बोलाएर उनीहरुको लकर बन्द गर्न निर्देशन दिएको स्रोतलाई उल्लेख गर्दै समाचार प्रकाशित छ । उनीहरु सबैको बैंक खाता रोकलगायतका कारबाही गर्न आइतबार अख्तियारबाट पत्र आउने सम्भावना रहेको बैंकका उच्च अधिकारीले बताएका छन् ।
स्रोतका अनुसार प्रमुख आयुक्त कार्कीले बैंक लकर बन्द गर्न निर्देशन दिनुअघि राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालसंगसमेत यो प्रकरणमा छलफल गरेका थिए ।
अख्तियारले अकुत सम्पत्तिका अतिरिक्त विभिन्न आयोजना, नीतिगत निर्णय, निर्बाचन क्षेत्र विकास कार्यक्रमलगायतमा अनियमितता गरेको शंकामा अरु व्यक्तिमाथि समेत छानविन सुरु गरेको छ । लकर बन्द गर्न आदेश दिइएका व्यक्ति २९ जना भए पनि छानविनको दायरा अरु पनि रहेको स्रोतको दाबी छ ।
अख्तियारले २९ जनालाई कुनै विषय नखुलाई सातदिनभित्र आयोगमा बयान दिन बोलाएको छ । उनीहरुलाई शुक्रबार पत्र पठाइएको हो । पत्रमा आयोगले गरिरहेको अनुसन्धानको सिलसिलामा बुझनुपर्ने भएकाले हाजिर हुन आउन भनिएको छ ।
अख्तियारले उनीहरुमाथि के विषयमा अनुसन्धान भइरहेको र त्यसमा बोलाउनुपर्नाको कारण के हो भन्नेबारे पत्रमा खुलाएको छैन । सबैलाई आयोगको निर्णयअनुसार भन्दै बयान दिन बोलाएको छ ।
संविधानमा अख्तियारले सार्वजनिक पद धारण गरेका या गरिसकेका व्यक्तिहरुमाथि पदीइ दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको शंकामा अनुसन्धान, तहकिकात गरी कैफियत भेटिएमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर गर्न पाउने व्यवस्था छ ।
तर, सार्वजनिक पद(राज्यको लाभको पद)मा नरहेका व्यक्तिमाथि अख्तियारले छानविन गर्न पाउने संवैधानकि व्यवस्था छैन । छानविनमा परेका पूर्व र बर्तमान सांसदलाई भने निर्बाचन क्षेत्र कार्यक्रमको रकम दुरुपयोगमा अख्तियारले छानविन गरेको हुनसक्ने संसद सचिवालय स्रोतले उल्लेख गरेको छ ।
अकुत सम्पत्ति प्रकरणमा छानविन सुरु हुनासाथ अख्तियारले आशंकित व्यक्तिहरुको बैंक लकर बन्द र बैंक खाता रोक्का राख्ने परम्परा रहिआएको छ ।
को–को परे ?
१. राजेन्द्र पाण्डे, पूर्वमन्त्री
२. सुरेन्द्र पाण्डे, पूर्वमन्त्री
३. विद्याधर मल्लिक, पूर्वमन्त्री
४. रामकुमार श्रेष्ठ, पूर्वमन्त्री
५. छविराज पन्त, पूर्वमन्त्री
६. शंकर कोइराला, पूर्वमन्त्री
७. उमाकान्त झा, पूर्वमन्त्री
८. टेकबहादुर थापा घर्ती, पूर्वमन्त्री
९. कृष्णबहादुर महरा, पूर्वमन्त्री
१०. ल्हारक्याल लामा, पूर्वमन्त्री
११. बंशीधर मिश्र, पूर्वमन्त्री
१२. नीलम केसी खड्का, पूर्वमन्त्री
१३. उत्तमकुमार भट्टराई, कृषि सचिब
१४. शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सचिब
१५. अनुपकुमार उपाध्यय, सिंचाइ सचिब
१६. रवीन्द्रप्रताप शाह, सांसद/पूर्वआईजीपी
१७. इच्छाराज तामाङ, सांसद/व्यवसायी
१८. जनार्दन ढकाल, सांसद
१९. विक्रम पाण्डे, सांसद/व्यवसायी
२०. उमेश श्रेष्ठ, सांसद/स्कुल संचालक
२१. गीता राणा, सांसद/स्कुल संचालक
२२. बाबुराम पोखरेल, सांसद/स्कुल संचालक
२३. विजय पौडेल, एमालेका पूर्वसांसद
२४. राजेन्द्रसिंह भण्डारी, एआईजी
२५. विजयलाल कायस्थ, डीआईजी
२६. भोजराज घिमिरे, पूर्व मुख्यसचिब/पूर्व राजदुत
२७.कनकमणि दीक्षित, साझा यातायातका अध्यक्ष एवं हिमाल मिडियाका प्रकाशक
२८. गोपालबहादुर खड्का, आयल निगमका कार्यकारी निर्देशक
२९. राजकुमार अग्रवाल, व्यवसायी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सुन प्रतितोला १ लाख ४० हजार ९ सय

२०८१ जेष्ठ ६ गते, आईतवार

स्टार्टअपलाई १० वर्ष आयकर छुट

२०८१ जेष्ठ ६ गते, आईतवार

नेप्से शून्य दशमलव ७९ अंकले बढ्यो

२०८१ जेष्ठ ३ गते, बिहीबार