१५ वर्ष प्र.अ. , अहिले पियन

२०७२ बैशाख ६ गते, आईतवार

काठमाडौ, ६ बैशाख । तपाईंलाई अचम्म लाग्न सक्छ १५ वर्ष सम्म प्रधान अध्यापक भएर काम गरेका व्यक्ति अहिले पियन भएर सोहि विद्यालयमा काम गरिरहेको सुन्दा तर यो यथार्थ्र्ता हो । कैलालीको धनगढी फुलबारी–७ का लालबहादुर पुनमगर अहिले आफै प्रधान अध्यापक भएर काम गरेका विद्यालयमा पियन भएर काम गरिरहेका छन् ।
धनगढी फुलबारीको शिव प्राविमा १५ वर्ष हेडसर भएर काम गरेका मगर विद्यालय गाभिएसँगै पियन हुन पुगेका हुन् । फुलबारीकै शिवशंकर निमाविमा विद्यालय मर्ज भएपछि उनको पद पनि परिवर्तन भएको हो । १५ वर्षसम्म स्थानीय अभिभावक र विद्यालय प्रशासनको सहयोगमा प्रअ चलाएका उनीसँग शिक्षण अनुमती पत्र नभएकाले पीयन हुनुपरेको हो । हाल उनी परिचर पदमा खुशी साथ काम गरिरहेका छन् । उनले जसरी पनि शिक्षा क्षेत्रमा योगदान गर्न पाउनु गर्वको कुरा भएको बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

डेंगु सङ्क्रमित थपिए

२०८१ बैशाख २१ गते, शुक्रबार

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार