कतारका राजा नेपाल आउँदै : भोलि सार्वजनिक बिदा

२०८१ बैशाख १० गते, सोमबार

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि मङ्गलबार नेपाल आउँदै छन् । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको कतारी अमिरको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कतारका राजा थानी मंगलबार साँझ ५ः३५ मा काठमाडौं ओर्लने छन् । उनलाई विमानस्थलमै पुगेर राष्ट्रपति पौडेलले स्वागत गर्ने तय भएको छ । भ्रमणका क्रममा केही महत्वपूर्ण विषयमा द्विपक्षीय समझदारीसमेत हुने बताइएको छ । सरकारले कतारका अमिरको नेपाल भ्रमणका क्रममा मङ्गलबार सार्वजनिक बिदासमेत दिएको छ । कतारी अमिरको भ्रमणलाई महत्वका साथ लिइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु