नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार


काठमाडौँ । नेप्से १५.४१ अंकले घटेर १९६९.०२ विन्दुमा थामिएको छ। आज ५६ लाख ५६ हजार २ सय ८२ कित्ता सेयर बिक्रीमा २ अर्ब ५ करोड ८३ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यसअनुसार ४९ कम्पनीको सेयर मूल्य बढे पनि १८६ कम्पनीको घटेको छ। १० वटाको मूल्यमा कुनै परिवर्तन आएको छैन।
आज बढ्ने कम्पनीको अधिकतम ६.९१ प्रतिशत र घट्ने कम्पनीको अधिकतम ७.३७ प्रतिशतको उतारचढाव देखिएको छ। सर्वाधिक कारोबारमा आज गुर्खाज फाइनान्स अगाडि छ। कम्पनीको साढे ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ। सोमबार सामूहिक लगानी कोषबाहेक सबै समूहको सूचक राताम्य रहेका छन्।

प्रतिक्रियाहरु