भारतद्वारा विदेशी गैर–मुस्लिम शरणार्थीलाई नागरिकता दिन सुरु

२०८० चैत्र ४ गते, आईतवार


काठमाडौँ । भारतले विदेशी गैर–मुस्लिम शरणार्थीहरूलाई नागरिकता दिन सुरु गरेको छ । भारतले नागरिकता संशोधन ऐन (सीएए) को अधिसूचना जारी भएपछि देशमा रहेका विदेशी गैर–मुस्लिम शरणार्थीलाई नागरिकता दिन सुरु गरेको हो। यसैक्रममा शनिबार गुजरातमा बस्ने १८ शरणार्थीलाई भारतीय नागरिकता दिइएको छ । यी सबै शरणार्थीहरू हिन्दू हुन् र पाकिस्तानबाट भारत आएका हुन्।
अहमदाबाद, गुजरातमा बसोबास गर्ने पाकिस्तानका यी १८ हिन्दू शरणार्थीहरूलाई शनिबार एक शिविरमा भारतीय नागरिकता प्रदान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो नागरिकता वितरण शिविरमा गृह राज्यमन्त्री हर्ष सांघवी पनि सहभागी थिए । यी शरणार्थीहरूलाई भारतीय नागरिकता प्रदान गरेपछि एक आधिकारिक प्रेस विज्ञप्ति जारी गरिएको थियो, जस अनुसार अल्पसंख्यक समुदायका मानिसहरूलाई भारतीय नागरिकता प्रदान गर्न राज्यको अहमदाबाद, गान्धीनगर र कच्छका जिल्ला कलेक्टरहरूलाई २०१६ र २०१८ को राजपत्र सूचनाहरू जारी गरिएको थियो। पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर हिन्दु शरणार्थीलाइ भारतले नागरिकता दिने अधिकार दिलाएको छ ।
भारतले अहिलेसम्म अहमदाबाद जिल्लामा बसोबास गर्ने पाकिस्तानबाट आएका कुल एक हजार १ सय ६७ हिन्दू शरणार्थीलाई भारतीय नागरिकता दिइएको छ । जिल्ला कलेक्टरको कार्यालयमा आयोजित शिविरमा संघवीले शरणार्थीहरूलाई भारतीय नागरिकता प्रदान गर्दै नयाँ भारतको सपना साकार पार्न मिलेर काम गर्न आग्रह गरेका छन्।

प्रतिक्रियाहरु