नेपाली जनसमाज भारतको अध्यक्षमा दामोदर पंगेनी

२०८० फाल्गुन २८ गते, सोमबार


काठमाडौँ । दामोदर पंगेनीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति चयन गर्दै प्रवासी नेपाली जनसमाज भारतको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले उपाध्यक्षद्वय विष्णु मल्ल र कृष्ण बोगटी, महासचिव लाल बहादुर कुँवर, सचिवहरु गेविन्द थापा र बिन्द बहादुर बमर कोषाध्यक्ष देवीप्रसाद काफ्लेसहितको ४५ सदस्यीय कार्यसमिति चयन गरेको छ।
उक्त सम्मेलनको घोषणा सभालाई सम्बोधन गर्दै नेकपाकी स्थायी समिति सदस्य शिलु सीले देशको आर्थिक स्थिति संकटपूर्ण सम्पन्न भएको, राजनीतिक अस्थिरता चुलिएको र त्यसको समाधान समाजवादी व्यवस्था भएको बताउँदै प्रवासमा रहेका नेपालीका समस्या क्रान्तिले मात्र गर्न सक्ने बताइन् । कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी शिलुले जनयुद्धमा भारतमा रहेका प्रवासी नेपालीको ऐतिहासिक भूमिका रहेको स्मरण गर्दै अबको क्रान्तिमा पनि भूमिका खेल्न आव्हान गरिन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष आजाद से, सामना परिवारका संयोजक आरोह सी, अखिल (समाजवादी) का नेता सागर सी, भाइचारा पार्टीका अनिल, पूर्व केन्द्रीय सदस्य भिमकान्त अतिथि थिए । अतिथिहरुलाई नेता पुजा रानाले स्वागत गरेकी थिइन् । त्यसअघि सम्पन्न बन्दसत्रले २९ सदस्यीय वैकल्पिक सदस्इ र १३ सदस्यीय सल्लाहकार समिति चयन गरेको निवर्तमान आजाद सेनले भारत, हरियाणाबाट प्रेसित समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरु