नेप्से १३.२८ अंकले बढ्यो

२०८० फाल्गुन १४ गते, सोमबार


काठमाडौँ । नेप्से १३.२८ अंकले बढेर १९९२ अंकमा बन्द भएको छ । कारोबार सुरु हुँदा उतारचढाव देखिएको बजार साढे १२ बजेदेखि २ : ४० बजेसम्म घटेर १९७५ अंकमा झरेको थियो । त्यसपछिको २० मिनेटमा बजार उच्च गतिले बढ्दा अन्ततः नेप्से १९९२ अंकमा बन्द रह्यो । कारोबार रकम भने १ अर्ब ७ करोडले घटेको छ । दिनभर जम्मा २ अर्ब १ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ३ अर्ब ८ करोडको कारोबार भएको थियो ।
कुल १६७ कम्पनीको मूल्य बढ्दा ७५ को घटेको छ भने ६ को स्थिर रह्यो । माइक्रोफाइनान्स र फाइनान्स समूह १ अंकमुनि रातो रहे । उत्पादन समूह सबैभन्दा धेरै २.५ प्रतिशत बढ्यो ।
बैंकिङ २, विकास बैंक २१, होटल तथा पर्यटन ७३, हाइड्रोपावर ३४, जीवन बीमा ३१, उत्पादन १५१, निर्जीवन बीमा २३, अन्य १२ र ब्यापार समूह ३५ अंक बढे । बोटलर्स नेपाल बालाजुको मूल्य १० प्रतिशत बढ्यो । मनकामना स्मार्ट लघुवित्तको ८.१, नेपाल वेयर हाउजिङको ७.६, सोनापुर सिमेन्टको ७.३ तथा सीवाईसी लघुपित्तको ६.७ प्रतिशत मूल्य बढ्यो । आज पनि समाज लघुवित्तको मूल्य १० प्रतिशत घटेको छ । १० प्रतिशत घट्दा पनि बेच्न चाहनेले बेच्न सकेका छैनन् । त्यस्तै बीपीडब्लू लघुवित्तको ८.७, किसान लघुवित्तको ५.५, गोर्खाज फाइनान्सको ५.३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, गोर्खाज फाइनान्स र सन नेपाल लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

प्रतिक्रियाहरु