आज बेलुका उल्का बर्षा, नेपाली आकासवाट पनि देखिने

२०८० मंसिर २८ गते, बिहीबार


काठमाडौँ । नेपाली आकासवाट पनि आज बेलुका उल्का बर्षा देखिने भएको छ । आकाश खुलेको अवस्थामा नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिने खगोलविदले बताएका हुन । आज रातपछि बिहानीपख ३–४ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिने र उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिने खगोलविदको भनाइ छ । संसारका सबै भागबाट प्रत्येक घण्टा १०० देखि १ सयण् २० वटा उल्का वर्षा देख्न सकिने बताइएको छ । अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले आज राती हुने उत्का बर्षालाई बर्षाकै ‘उत्कृष्ट’ भनेको छ । आज राती हुने उल्का बर्षालाई खगोलविदले ‘जेमिनिड्स’ नाम दिएका छन । आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकले ‘जेमिनिड्स’ नाम दिएका हुन । जेमिनिड्स उल्का वर्षा २० डिसेम्बरसम्म हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार