‘पोड वे’ भित्र्याउने तयारी

२०८० मंसिर २० गते, बुधबार

काठमाडौँ । यातायातको क्षेत्रको नयाँ प्रविधि आकाशमा गुड्ने कार तथा स्काई कार भनेर चिनिने ‘पोड वे’ नेपालमा भित्रिने तयारीमा छ । दुई जनादेखि ४२ जनासम्म एकै चोटी सवार हुन सकिने उक्त प्रविधि केही समयको अन्तरालमै नेपालमा विकास तथा विस्तार हुन लागेको पोड वे कम्पनीले जनाएको छ । तार प्रविधिमा सञ्चालन हुने उक्त प्रणालीको दुई पोलबीचको दूरी अधिकतम दुई किलोमिटर हुने र निर्माण गर्न छोटो समय लाग्ने भएकाले छिट्टै सञ्चालनमा ल्याउन सकिने दाबी कम्पनीको छ ।
पोड वे चलाउन रेलको जस्तै निश्चित ट्रयाक चाहिन्छ, जुन जमिनभन्दा माथि हुन्छ । त्यस्तै यात्रुलाई ओराल्न र चढाउन ठाउँ ठाउँमा स्टेसनहरू राखिएका हुन्छन् भने जमिनमाथि हुने ट्रयाकलाई अड्याउन पोल राखिन्छ । सामान्य ७ देखि ४०–५० मिटर अग्लो स्थानमा त्यस्ता ट्रयाक राखिएका हुन्छन् । पोड वेको परियोजनाको डीपीआर तयार गर्दा स्टेसन र पोलको पनि डिजाइन गरिन्छ । तिनलाई कति माथि राख्ने, कस्तो स्टेसन बनाउने, पोल कस्तो राख्ने भन्ने कुरा ठाउँ अनुसार फरक हुने उक्त कम्पनीले जनाएको छ । उक्त आयोजना प्रति किलोमिटर ४० करोड नेपाली रुपैयाँमा सञ्चालन गर्न सकिने पोड वे कम्पनिले जनाएको छ । यसका लागि सरकारले नितिगत रुपमा मात्रै सहज गरिदिनु पर्ने कम्पनीको भनाई छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार