क्यानको केन्द्रीय निर्वाचन असोजमा

२०८० असार १६ गते, शनिबार


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय निर्वाचन असोजमा हुने भएको छ । शुक्रबार बसेको बोर्ड बैठकले निर्वाचन कार्यतालिका टुंगो लगाएको हो । बैठकले जिल्ला,प्रदेश र केन्द्रको चुनावी अधिवेशनको मिति तय गरेको छ । जस अनुसार साउन मसान्त भित्र क्यान अन्तर्गत रहेका जिल्लामा अधिवेशन हुनेछ ।
यसैगरी भदौ १० भित्र सातै प्रदेशको अधिवेशन हुनेछ । केन्द्रिय अधिवेशन भने असोजको ५ र ६ गतेलाई तय गरिएको छ । बैठकले साउन १० गतेसम्ममा सदस्यता वितरण गर्न जिल्ला संघहरुलाई जिम्मेवारी दिएको छ । क्यानले जिल्ला तथा प्रदेश निर्वाचनको अनुगमनका लागि कानूनी सल्लाहकार रोचक रेग्मीको संयोजकत्वमा २ सदस्यीय समिति गर्न गर्ने निर्णय समेत गरेको छ ।
यस्तै, बैठकले राष्ट्रिय पुरुष तथा महिला क्रिकेट खेलाडीहरुको २०२३ को बाँकी ६ महिनाको केन्द्रिय वर्गिकरणको जिम्मेवारी तीन जनालाई दिने निर्णय गरेको छ ।त्यसका लागि क्यानका केन्द्रिय सदस्य ऋषिराम गौतमको संयोजकत्वमा क्रिकेट म्यानेजर विनोद कुमार दास र छनोट समितिका संयोजक दिपेन्द्र चौधरी सम्मिलित ३ सदस्यीय समिति बनाएर जिम्मेवारी दिने निर्णय गरेको क्यानले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु