साफ च्याम्पियनसिप फुटबल: नेपाल र पाकिस्तान भिड्दै

२०८० असार १२ गते, मंगलवार

काठमाडौं । भारतमा जारी १४ औ साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र पाकिस्तान भिड्दैछन् । यो खेल बैंग्लारको श्री कान्तिराभा रंगशालामा अपरानह पौने ४ बजे सुरु हुनेछ । प्रतियोगिताको समुह चरणबाटै बाहिरिसकेका नेपाल र पाकिस्तानको लागि मंगलबारको खेल प्रतिष्ठाको लडाइ बनेको छ । दुबै टोली सान्तोना जितसहित साफ च्याम्पियनसिप टुंग्याउन चाहन्छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाललाई कुवेतले ४–१ ले हराएको थियो भने दोस्रो खेलमा भारतले २–० ले पराजित गरेको थियो । मंगलबारै हुने दोस्रो खेलमा आयोजक भारतले कुवेतको सामना गर्नेछ । लगातार दुई खेल जितेका भारत र कुवेत सेमिफाइनलमा पुगिसकेका छन् । यी दुई टोलीबिचको मंगलबारको खेलले समुह विजेताको टुंगो लगाउनेछ । प्रतियोगिताको अर्को समुहबाट लेबनान सेमिफाइनलमा पुगिसकेको छ भने बंगलादेश र माल्दिभ्स मध्ये एक टोली सेमिफाइनलमा पुग्नेछ । यो समुहबाट भुटान बाहिरिसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु