साफ च्याम्पियनसिपको १४औँ संस्करण : नेपाल र कुवेतबीच खेल हुँदै

२०८० असार ६ गते, बुधबार


काठमाडौँ । आजदेखि साफ च्याम्पियनसिपको १४औँ संस्करण भारतको बेंग्लोरमा हुँदैछ । पहिलो खेलमा आज नेपालले आमन्त्रित टिम कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबीचको खेल बेंग्लोरको श्री कान्तिरभा स्टेडियममा अपराह्न ३ः४५ बजे सुरु हुनेछ । साविकको उपविजेतासमेत रहेको नेपालले उद्घाटन खेलमै बलियो कुवेतको चुनौती पाएको हो । नेपालले साफ तयारीका लागि छोटो समय पाएको थियो । साफ अघि फिलिपिन्ससँग एक मैत्रीपूर्ण खेलेमा नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।
त्यसअघि सहिद स्मारक ए–डिभिजन लिग जारी रहँदा क्लबहरुले खेलाडी रिलिज गर्न नमान्दा अभ्यास हुन सकेको थिएन । नेपाल र कुवेतबीच अहिलेसम्म भएका तीन खेलमा नेपाल जितविहीन छ । पछिल्लो पटक सन् २०२२ को जुनमा एसिया कप छनोटको तेस्रो चरणमा नेपाललाई कुवेतले ४–० गोल अन्तरले पराजित गरेको थियो । नेपाल र कुवेतसँगै समूह ‘ए’मा आयोजक भारत र पाकिस्तानसमेत छन् । पाकिस्तान र भारतबीच आजै राति ७ः४५ बजे सुरु हुनेछ । नेपालले भने अहिलेसम्म साफ जित्न सकेको छैन । माल्दिभ्समा सम्पन्न १३ औँ साफमा नेपाल पहिलो पटक फाइनल पुगे पनि उपाधि भिडन्तमा भारतसँग पराजित भएको थियो ।
यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् भने कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु