विश्वकप क्रिकेट : अष्ट्रेलिया र पाकिस्तान भिड्दै

२०७८ कार्तिक २५ गते, बिहीबार

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकपको दोस्रो सेमिफाइनल खेलमा आज अस्ट्रेलिया र पाकिस्तान भिड्दैछन्। यी दुई टोलीबीचको खेल दुबईमा राति पौने ८ बजे सुरु हुनेछ। अस्ट्रेलिया समूह १ को उपविजेता हो भने पाकिस्तान समूह २ को विजेता हो। यी दुई टोलीबीचको विजेताले विश्वकपको उपाधिका लागि न्यूजिल्याण्डको सामना गर्नेछ। गएराति भएको खेलमा न्यूजिल्याण्डले इङ्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु