विश्वकप क्रिकेटको सेमिफाइनल खेल भोलि र पर्सि

२०७८ कार्तिक २३ गते, मंगलवार


काठमाडौं । टी–ट्वेन्टी विश्वकप क्रिकेटका सेमिफाइनलका खेल भोलि र पर्सि हुने भएका छन्। समूह चरणका खेल गएराति सकिएसँगै अब भोलि र पर्सि सेमिफाइनलका खेल हुने भएका हुन्। भोलि राति पौने ८ बजे अबुधाबीमा हुने पहिलो सेमीफाइनल खेलमा इङल्याण्ड र न्यूजिल्याण्ड भिड्नेछन्। त्यस्तै पर्सि राति दुबईमा हुने खेलमा अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि भिडन्त भने १४ नोभेम्बरमा अबुधाबीमा हुनेछ।
यसअघि गएराति समूह दुईको भारत र नामिबियाबीचको खेलसँगै समूह चरणका खेल सकिएका छन्। अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गरेको छ । समूह चरणबाटै बाहिरिसकेको भारतले नामिबियामाथि प्रभावशाली जित निकालेको हो। – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु