विश्वकप क्रिकेटको सेमिफाइनलमा इंग्ल्याण्ड र अष्ट्रेलिया

२०७८ कार्तिक २१ गते, आईतवार


काठमाडौँ । इंग्ल्याण्ड र अष्ट्रेलिया विश्वकप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा दक्ष्णिा अफ्रीकासँग १० रनले हारेपनि इंग्ल्याण्ड समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन मात्रै जोड्न सक्यो । जितका लागि इंग्ल्याण्डलाई अन्तिम ओभरमा १४ रन चाहिएको अवस्थामा दक्षिण अफ्रिकाका कागिसो रबाडाले अन्तिम ओभरको सुरुवाती तिन बलमा ह्याट्रिक लिएपछि इंग्ल्याण्ड पराजित भएको हो ।
हारका बाबजुद इंग्ल्याण्ड ५ खेलबाट ८ अंक जोड्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश ग¥यो । ८ अंक नैं जोडेको अष्ट्रेलिया दोस्रो हुँदै सेमिफाइनलमा पुग्दा समान ८ अंक जोडेको दक्षिण अफ्रिका भने रनरेटको आधारमा बाहिरिएको छ । हिजै भएको खेलमा वेष्ट इंडीजलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले सेमिफाइनलमा पुग्ने आधार तयार पारेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु