गणतान्त्रिक खेलकुद महासंघ रुपन्देहीको अध्यक्षमा थारु

२०७८ कार्तिक १० गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट नेपाल गणतान्त्रिक खेलकुद महासंघ रुपन्देहीको प्रथम भेलाले रामबहादुर थारुको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसको उपाध्यक्ष श्याम दगामी, सचिव सुनिता बोगटी, सहसचिव अपिल थापा, कोषाध्यक्ष अरुण थारु र सदस्यहरुमा सागर विक, सन्दिप विक, योजित क्षेत्री, रवि विक, दर्शन विक, बिशाल भण्डारी, जमुना बोगटीलगायत रहेका छन् । भेलालाई सम्बोधन गर्दै नेकपा जिल्ला सेक्रेटरी विश्वासले खेल क्षेत्रको विकासका लागी युवाहरु महासंघमा संगठित हुनुपर्ने बताउँदै यसका लागी पार्टीले निरन्तर सहयोग गर्ने बताए । सेक्रेटरी विश्वासले खेल क्षेत्रको विकास र खेलाडीको स्तर उन्नतिका लागी पार्टीले निरन्तर ध्यान दिदै आएको बताए । भेलामा नेकपा बुटवल उपमहानगर कमिटी सेक्रेटरी विरेन्द्र, अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय सदस्य रेखा खनालले समेत बोलेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु