टी–ट्वान्टी विश्वकपमा पाकिस्तानको ऐतिहासिक जित

२०७८ कार्तिक ८ गते, सोमबार


काठमाडौ । टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ । आइतबार दुबईमा भएको समूह–२ को खेलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले ऐतिहासिक जित निकालेको हो । १५१ रनको विजयी लक्ष्य पाएको पाकिस्तानले १७ ओभर ५ बलमा बिना कुनै विकेट क्षतीमा १५२ रन बनाएको हो । पाकिस्तानको जितमा ओपनरद्वयद मोहम्मद रिजवान र कप्तान बबर अजामले १५२ रनको कीर्तिमानी साझेदारी गरे ।
५५ बल खेलेका रिजवानले सर्वाधिक ७९ रन बनाए । यस्तै ५२ बल खेलका कप्तान अजामले ६८ रनको योगदान गरे । दुबै जनाको अर्ध शतकले देशले इतिहास रच्यो । पाकिस्तानविरुद्ध बलिङ गरेका भारतका कुनै पनि बलर सफल हुन सकेनन् ।
टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । भारतको लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाए । यस्तै विकेट किपर रिसब पन्तले ३९ रनको योगदान गरेका थिए । भारतका ओपनर रोहित शर्मा शून्य रनमा आउट भएका थिए ।

टस जितेर फिल्डिङ गरेको पाकिस्तानका लागि शहीद शाह अफ्रिदीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका अफ्रिदीले ३१ रन बनाएका थिए । यस्तै हसन अलीले दुई विकेट हात पारे ।

जितसँगै सुखद् सुरुआत गरेको पाकिस्तानले महत्वपूर्ण २ अंक हासिल गरेको छ । पाकिस्तानले विश्वकप टी–ट्वान्टी क्रिकेटमा भारतलाई हराएको यो पहिलो पटक हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु