साउन ६ गते सुदुर पश्चिम प्रदेश वन्द !

२०७७ श्रावण ३ गते, शनिबार


काठमाडौँ, ३ साउन । नेपाल कम्युनिस्ट पार्टी बैतडीले शान्तिपूर्ण तरीकाले जनसेवाका काममा सहभागि भईरहदा सेति महाकाली व्युरो इन्चार्ज ओम प्रकाश पुन, व्युरो सदस्य .पुर्णिमा तथा विगत ६ महिना लामो समय देखि वैतडी जिल्लाको गैर न्यायिक हिरासतमा रहेका युवा संगठन,नेपालका तत्कालीन जिल्ला अध्यक्ष .लोकेश धामि र करण ऐरलाई तत्काल स-सम्मान रिहाईको माग गरेको छ । सो पार्टीका
बैतडी इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनले संयुक्त बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनद्वारा जारी बिज्ञप्तिमा नचाहँदा नचाहँदै पनि सरकारले प्रतिरोध संघर्षका कार्यक्रमहरु घोषणा गर्न बाध्य बनाएको उल्लेख गर्दै साउन ४ गते कोण सभा, ५ गते मसाल जुलुस, ६ गते सुदुर पश्चिम प्रदेश वन्द र ७,८ गते सरकारी सवारी साधनहरु माथिको प्रतिवन्ध का कार्यक्रम घोषणा गरेका छन । साथै, वन्दका कारण पर्न जाने असुविधा प्रति दु:ख व्यक्त गर्दै वन्द उल्लंघनका क्रममा हुन जाने क्षतीको जिम्मेवारी स्वयं उल्लंघनकर्ता रहने बताएका छन ।
यस बिषयमा इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनद्वारा जारी बिज्ञप्ति यस्तो छ – “सर्वहारा वर्गको अग्रदस्ता हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी वर्तमान समयमा कोभिड-१९,बाढी,पहीरोका कारण आक्रान्त आम नेपाली जनताका विचमा सचेतना,मनोवैज्ञानिक परार्मश,उद्दार,राहत वितरण र मर्मत कार्यमा अहोरात्र लागि परेको सवै पक्षमा अवगत गराउँदछौं ।
शान्तिपूर्ण तरीकाले जनसेवाका काममा सहभागि भईरहदा पनि उत्तर साम्राज्यवादी कठपुतली के.पि.ओली दलाल मण्डली नेतृत्वको सामाजिक फासिवादी सरकार हाम्रा विरुद्ध आधारभूत लोकतान्त्रिक मुल्य,मान्यता र अवधारणाको समेत धज्जि उडाउँदै अमानवीय,गैर न्यायिक ढंगले दमन,गिरफ्तारी,धर पकड र झुठा मुद्दा लगाउने षड्यन्त्रमा उद्धृत देखिन्छ । यी अपराधिक,अराजनैतीक उछृखंल क्रियाकलापहरुको घोर भर्त्सना गर्दै यहिं असार ३१ गते गिरफ्तार गरीएका हाम्रो पार्टीका आदरणीय c.c.m. एवं सेति महाकाली व्युरो इन्चार्ज क.ओम प्रकाश पुन,व्युरो सदस्य क.पुर्णिमा तथा विगत ६ महिना लामो समय देखि वैतडी जिल्लाको गैर न्यायिक हिरासतमा रहनु भएका युवा संगठन,नेपालका तत्कालीन जिल्ला अध्यक्ष क.लोकेश धामि र करण ऐरलाई तत्काल स-सम्मान रिहाईको माग गर्दछौं । हामिले नचाहँदा नचाहँदै पनि दलाल सामाजिक फासिवादी सरकारले प्रतिरोध संघर्षका कार्यक्रमहरु घोषणा गर्न बाध्य बनाएको छ । जस अर्न्तगत क्रमश: साउन ४ गते कोण सभा, ५ गते मसाल जुलुस, ६ गते सुदुर पश्चिम प्रदेश वन्द र ७,८ गते सरकारी सवारी साधनहरु माथिको प्रतिवन्ध कार्यक्रम सफलताका साथ सम्पन्न पार्नका लागि किसान,मजदुर,युवा,विद्यार्थी,व्यापारी,व्यवसायी,शिक्षक,वुद्विजिवि,कर्मचारी,सुरक्षाकर्मि,पत्रकार मित्रहरु लगायत सम्पुर्ण देशभक्त राष्ट्रवादी, प्रगतीशिल व्यक्तित्वहरुमा हार्दीक आग्रह गर्दछौं।साथै, वन्दका कारण पर्न जाने असुविधा प्रति दु:ख व्यक्त गर्दै वन्द उल्लंघनका क्रममा हुन जाने क्षतीको जिम्मेवारी स्वयं उल्लंघनकर्ता रहने जानकारी समेत यसै विज्ञप्ति मार्फत् गराउँन चाहन्छौं ।”

प्रतिक्रियाहरु