भारत-पाकिस्तानबीच युद्धकाे अवस्था !

२०७६ श्रावण २३ गते, बिहीबार

काठमाडौं, २३ साउन । भारत तथा पाकिस्तानबीच तनाव तिब्ररुपमा बढेको छ । भारतले जम्मु तथा कस्मिरलाई विशेषाधिकार दिइदै आएकाे संवैधानिक व्यवस्था हटाएपछि दुवै देशबीच युद्धकाे अवस्था आएकाे विश्लेषण भइरहेछन् । तनाव बढ्दै गर्दा पाकिस्तानले दुई भारतीय कुटनीतिज्ञलाई निकाला गरेको हो । पाकिस्तानकाे राजधानी स्लामावादस्थित भारतीय उच्चायुक्त (राजदूत) अजय बासरियालाइ उसले निकाला गरेको हो ।
यसअघि पाकिस्तानका राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतसँग कुटनीतिक सम्बन्धलाई घटाउने निर्णय गरेको थियो । पाकिस्तानले भारतका लागि आफ्ना नवनियुक्त राजदूतलाई पनि दिल्ली नपठाउने निर्णय गरेको छ ।
त्यसैगरी पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको व्यापारिक सम्बन्ध पनि तोडेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । र, उनले आफ्ना सेनालाइ जुनसुकै परिस्थिति सामना गर्नेगरी तैनाथ रहन निर्देशन समेत दिएका छन् ।
बुधबार प्रधानमन्त्री खानको अध्यक्षतामा पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति बैठक बसेर भारतकाे कदमविरूद्ध रणनीत तय गरिएकाे छ । साे बैठकले पहिलाे चरणमा भारतसँगको व्यापारिक सम्बन्ध तोड्ने, भारतीय कूटनीतिज्ञ फिर्ता पठाउने र कूटनीतिक सम्बन्ध नै ताेड्ने जस्ता कडा निर्णय गरेकाे छ । बैठकमा पाकिस्तानका विदेशमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, सेना प्रमुख, खुफिया एजेन्सीका प्रमुखहरूको सहभागिता रहेको थियो ।बिबिसीका अनुसार पाकिस्तानी प्रधानमन्त्री खानले जम्मू-कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने बताइसकेका छन् । उनले उक्त विषयलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‍मा समेत लैजाने र प्रतिवाद गर्ने बताएका छन् ।
यसअघि पाकिस्तान र भारतबीचको कुटनीतिक सम्बन्ध सन् १९६५ र १९७१ मा पनि तोडिएको थियो । त्यतिवेला भारत-पाकिस्ताबीच युद्धकाे स्थिति थियाे । पछिल्लो समयमा २००१ मा भारतीय संसदमा भएको आक्रमणपछि पनि दुवै देशका कुटनीतिक सम्बन्धमा तनाव बढेको थियो । भारतको निर्णयले अन्तर्राष्ट्रिय कानून तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको पाकिस्तान पक्षको तर्क छ । हिमाली क्षेत्र कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भूमि भएको दाबी गर्दै केही भागमा दुई देशले शासन गर्दै आएका छन् ।

प्रतिक्रियाहरु