मोदी दुई तिहाइको नजिक

२०७६ जेष्ठ ११ गते, शनिबार

काठमाडौं, ११ जेठ । भर्खरै सम्मपन्न भारतीय लोकसभाको निर्वाचन परिणाम हेर्दा नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुने निश्चित भएको छ । भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए)ले कुल ५४२ सदस्यमध्ये ३५२ सिटमा जित हासिल गरेसँगै मोदी पुन: प्रधानमन्त्र हुने निश्चित भएको हाे । ३५२ सिट मध्ये भाजपाले मात्रै ३०३ सिट प्राप्त गरेको छ । त्यसैगरी भाजपा समर्थित अन्य दलहरु अर्थात एनडीए गठबन्धनमा रहेका शिव सेनाले १८, जनता दल युनाइटेड जेडीयू ले १६, लोक जनशक्ति पार्टीले ६, अकाली दल र अप्ना दलले २\२ सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रिक पार्टी, मिजो नेसनल फ्रन्ट र नेसनल पिपल्स पार्टीले एकएक सिट जितेका छन् । त्यसैगरी भाजपा समर्थन रहेका एक स्वतन्त्र उम्मेदवारले पनि एक सिट जितेका छन् । यो मत परिणाम अनुसार भाजपाका लागि स्पष्ट बहुमत हो । तर दुई तिहाइका लागि भने यो मत पर्याप्त हुन सकेन । किनकी कुल ५४२ सदस्य सिटलाइ आधार मान्ने हो भने दुई तिहाइका लागि ३६१ मत आवाश्यक पर्दथ्यो तर दुई तिहाइका लागि उसलाई ९ सिट कम भएको छ ।
त्यस्तैगरी सत्तारुढ दल भाजपाकाे विपक्षि (यूपीए) गठबन्धनले ८७ सिट जितेकाे छ । जसमा कांग्रेस एक्लैले ५२ स्थानमा मात्रै जितेको हाे । यस गठबन्धनमा आबद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके) ले २३, नेसनलिस्ट कंग्रेस पार्टी (एनसीपी)ले ५, इन्डियन युनियन मुस्लिम लिगले तीन सिट जितेका छन्।
त्यसैगरी रिभोलुसनरी सोसलिस्ट पार्टी (आरएसपी), केरला कंग्रेस —एम (केसी—एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची भिसिके ले एक एक सिटमा जित हासिल गरेका छन् । अहिलेको मत परिणम हेर्दा भाजपा नेतृत्वको गठबन्धनले अघिल्लो निर्वाचनमा भन्दा २२ सिट बढी जितेको हो । त्यस्तै विपक्षि दल कांग्रेसले पनि गत बर्षको तुलनामा या बर्ष आठ सिट बढी जितेको छ । २०१४ को निर्वाचनमा कांग्रेसले ३० सिट मात्रै जित निकालेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रियाहरु