देउवा असफल भैइसके : सिंह

२०७४ फाल्गुन ५ गते, शनिबार

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापती शेरवहादुर देउवा नेतृत्वमा असफल भएको बताएका छन् । आज भरतपुरमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता सिंहले पार्टी विधि,विधान र संस्थागत रुपमा चल्न नसकेको आरोप लगाए ।
उनले पार्टीलाई केन्द्रदेखि तल्लो तहसम्म सुधार गरेर पुरानै अवस्थामा लैजानुपर्ने बताए । पार्टी विधानअनुसार चल्न नसक्दा कमजोर भएको उजको भनाइ छ । सिंहले पार्टीको महासमिति वैठकको आव्हान गरेर शंसोधित विद्यान अनुसार अधिवेशन गर्न तयार हुनुपर्ने बताए । पूर्वमहामन्त्री सिंहले पार्टीको नेतृत्वमा निर्वाचन सम्पन्न भएपनि पार्टी भित्रका काम नगर्दा पराजित हुनुपरेको बताए । सिंहले भने–’प्रजातन्त्रका लागि लडेको पार्टी प्रजातान्त्रिक पद्दतिअनुसार चल्न नसक्दा कमजोर भयो,अव सुधार गर्नुपर्छ ।’’
अब पार्टीलाई जनताको लोकप्रिय पार्टी बनाउनुपर्छ, त्यसका लागि म लड्नेछु,’– नेता सिंहले भने । देश संघीय व्यवस्थामा गैसके पनि पार्टी पुरानै पद्धतीमा चलेको उनले बताए । निर्वाचन भएको दुईवर्ष बित्दा पनि पार्टीको केन्द्रीय समिति, पदाधिकारी र विभागले पूर्णता नपाउनु दुःखद कुरा भएको भन्दै जनताको जनादेशअनुसार काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने स्पष्ट पारे । ’हामी संसदमा राम्रो काम गर्नेलाई सहयोग र नराम्रो काम गर्नेलाई खबरदारी गर्छौँ,’ उनले भने ।

प्रतिक्रियाहरु