राष्ट्रियसभाका लागि तीनजना सिफारिस

२०७४ माघ २७ गते, शनिबार

काठमाडौं, २७ माघ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाका लागि तीनजनाको नाम सिफारिस गरेको छ । बैठकले गोपालबहादुर बस्नेत (झापा), चाँदनी जोशी (काठमाडौं) र कृष्णप्रसाद पौडेल स्याङ्जालाई राष्ट्रियसभामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख) बमोजिम सरकारले राष्ट्रियसभामा नियुक्तिका लागि तीनजनाको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । सिफारिसमा परेका बस्नेता झापा कांग्रेसका पूर्वसचिव हुन् । यस्तै जोशी महिला विकासका लागि संयुक्त राष्ट्रसंघीय कोषकी दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन् । राष्ट्रियसभाका लागि सिफारिस पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव हुन् ।

प्रतिक्रियाहरु