वीरगन्ज बन्द, भारतीय गाडी तोडफोड

२०७४ माघ २१ गते, आईतवार

काठमाडौं, २१ माघ । वीरगन्जबासीले वीरगन्ज बन्द आह्वान गरेका छन् । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा आज बस्ने पहिलो प्रदेशसभा बैठकलाई दबाब दिन सो बन्द आह्वान गरिएको बताइएको छ । बन्दकर्ताले बिहानैदेखि वीरगन्जका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन । वीरगन्जको घण्टाघर, मुर्ली चोक, पावर हाउस, बाइपासलगायतका ठाउँमा टायर बालेर स्थानीयले प्रदर्शन गरिरहेका छन् । न्दको अवज्ञा गरेको भन्दै वीरगन्जको घण्टाघरमा बन्दकर्ताले एउटा भारतीय नम्बरको गाडीसमेत तोडफोड गरेका छन् । बन्दका कारण यातायात, बजार र शैक्षिकसंस्था पूर्ण रुपमा ठप्प छन् । वीरगन्ज राजधानी संघर्ष समितिले प्रादेशिक राजधानी वीरगन्ज हुनुपर्ने माग राख्दै विगत ३२ दिनदेखि रिले अनशन गरिरहेको छ ।

प्रतिक्रियाहरु