नेता दाहालद्वारा माओवादी केन्द्र परित्याग

२०७४ माघ १९ गते, शुक्रबार

काठमाडौं, १९ माघ । बाम गठबन्धनसंगै एमालेसँग एकताकाे तयारी भइरहेका बेला माओवादी केन्द्रका नेता दाहालले पार्टी परित्याग गरेका छन । केहि दिन अघिमात्र माओवादी केन्द्रका चर्चित नेता झक्कु सुवेदी र लेखनाथ न्याैपानेले राजिनामा बुझाएकाे रहस्य वाहिरिएकाे खबर नसेलाउँदै अर्का पोलिटव्युरो सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हरि दाहालले पनि सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै अब माओवादी केन्द्रमा नरहने घोषणा गरेका हुन् । बुधवार दिउसो पार्टी अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डलाई समेत भेटेर पार्टी छोडने जानकारी गराएका थिए । सहिद परिवारका दाहालले दोरम्बामा आफ्ना जीवन संगिनी अम्बिका दाहाल गुमाएका थिए । राष्ट्रिय सभा निर्वाचनमा उनकी श्रीमती गंगा पराजुलीलाई उम्मेदवार बनाए पनि अन्तिममा एमालेसँगको एकता टुट्ने भन्दै फिर्ता लिन लगाएपछि उनी असन्तुष्ट बनेका थिए । ‘हरी दाहाल अब माओवादी केन्द्रमा नरहने अन्तिम निर्णय गर्न बाँकी’ उनले लेखेका छन् । पार्टी एमालेमा बिलय हुने निश्चित भएपछि माओवादीका नेता कार्यकर्ताहरू लगातार पार्टी परित्याग गरिरहेका छन् ।

प्रतिक्रियाहरु