एमाले र माके पार्टी एकता संयोजन समितिको बैठक बस्दै

२०७४ माघ १८ गते, बिहीबार

काठमाण्डौं , १८ माघ । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज दिउसो ३ बजे एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा बस्ने तय भएको बताइएको छ । बैठकमा पार्टी एकता, सरकार गठन लगायतका विषयमा छलफल हुने माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । पार्टी एकता सरकार गठनअघि कि पछि भन्नेमा एमाले र माओवादीबीच कुरा मिलेको छैन । साथै एकीकृत पार्टीको नेतृत्व, कार्यदिशालगायत विषय पनि निष्कर्षमा पुगेको छैन ।
माओवादीले सरकार गठन अघि नै पार्टी एकता गर्नुपर्ने र एकीकृत पार्टीको नेतृत्व आफूलाई दिनुपर्ने अडान राख्दै आएको छ । तर, पद बाँडफाँट र कार्यदिशामा कुरा नमिलेकाले एमाले र माओवादी बीचको पार्टी एकता सरकार गठनपछि मात्रै हुने सम्भावना छ । तर, माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ भने सरकार गठनअघि नै एकता हुनुपर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एकतासम्बन्धी छलफल सकारात्मक भएको र सरकार गठनअघि नै एकता हुने र यो छिटै टुंगो लाग्ने बताए ।

प्रतिक्रियाहरु