नयाँ प्रधानमन्त्रीबाट पेट्रोल पाइपलाइनको शिलान्यास

२०७४ माघ १७ गते, बुधबार

काठमाडौं, १७ माघ । नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल–भारत (रक्सौल–अमलेखगञ्ज) पेट्रोल पाइप लाइन निर्माण सुरु गर्ने भएको छ । पाइप लाइनका लागि धमाधम पाइप नेपाल भित्रिरहेको भए पनि भारतले नयाँ सरकार बनेपछि पाइप लाइन निर्माण थाल्ने संकेत गरेको हो ।
वाम गठबन्धनको बहुमत रहेकाले भावी प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई हेरिएको छ । राजनीतिक स्वार्थ पूरा गर्न साढे दुई वर्षअघि इन्धनमा नाकाबन्दी लगाएको भारतले नयाँ बन्ने रक्सौल–अमलेखगञ्ज पेट्रोल पाइपलाइनको शिलान्यास नयाँ प्रधानमन्त्रीबाट गरेर राजनीतिक सन्देश दिने तयारी गरेको हो । ‘पाइप आए पनि नयाँ प्रधानमन्त्रीबाट शिलान्याश गर्ने सन्देश आएको छ,’ निगमका एक अधिकारीले भने, ‘निर्माण सुरु गर्न केही समय लाग्ने देखिएको छ ।’ – नागरिक दैनिकबाट

प्रतिक्रियाहरु