नेपाली जनप्रगतिशिल मोर्चा युएईको अध्यक्षमा मनोज काउछा

२०७४ पुष १ गते, शनिबार

काठमाडौं, १ पुस । नेपाली जनप्रगतिशील मोर्चा युएईको चौथो अधिवेशन सम्पन्न भएको छ । विगत लामो समयदेखि युएईमा रहेर नेपाली मजदुरहरुको पक्षमा संघर्षरत र क्रियाशील रहँदै आएको मोर्चाको अधिवेशन युएईमा सम्पन्न भएको हो । चौंथो अधिबेशनले मनोज काउचाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा कमल पोखरेल, महासचिव केदार लम्साल, प्रथम सचिव प्रेमा सुब्बा, द्वितीय सचिव अर्जुन खड्का, कोषाध्यक्ष नारायण खनाल, सहकोषाध्यक्ष दमन्ता मगर, प्रवक्ता दिनेश नेपाल र केन्द्रीय सदस्यहरु कमल तामाङ, ओम पराजुली, कैलाश खाम मगर, ज्ञानु सुनुवार, थान प्रसाद डुम्रे, नेत्र कुमार लामा, पदम महत, प्रकाश वन्जाडे, बिकाश मगर, बुनु मगर,राजीव सुनुवार, सन्ध्या थापा, सविन खड्का, तिला परियार, शेर बहादुर खड्का, हरि कुँवर रहेका छन् ।
त्यसैगरी शमर खत्रीको संयोजकत्वमा पृथीछक बुढा मगर, कवि गुरुङ, विष्णु भण्डारी, प्रहारसिंह तामाङ र पशुपति खड्का रहेको सल्लाहकार समितिमा गठन गरेको छ । अधिवेशनको अवसरमा सामना परिवारले विविध जनवादी सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेको कमल पोख्र्रे्ल बताए ।

प्रतिक्रियाहरु