यात्रुका लगेज फोरेर सामान चोर्ने लोडर पक्राउ

२०७४ कार्तिक ३० गते, बिहीबार

काठमाडौं, ३० कात्तिक । त्रिभुवन विमानस्थलमा यात्रुका लगेज फोरेर सामान चोरी गर्ने नेपाल एयरलाइन्सका लोडर ‘लोडर’ पक्राउ परेका छन् । नेपाल एयरलाइन्स अन्तर्गत सुनगाभा सप्लायर्सका कर्मचारी विमल केसी, विक्रम लामा र विर्खराज विक पक्राउ परेका हुन् । ओमन एयरमा सामान लोड गर्न गएका बेला उनीहरुले यात्रुको लगेज फोरेको प्रहरीले जनाएको छ । उनीहरुलाई अनुसन्धानका लागि प्रहरी वृत्त गौशालाको जिम्मा लगाइएको छ । – अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु