पूर्व राजा ज्ञानेन्द्रद्वारा दलहरुलाई गम्भीर प्रश्न

२०७४ आश्विन १२ गते, बिहीबार

काठमाडौं, १२ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुलाई गम्भीर प्रश्न गरेका छन ।उनले बडा दसैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै दल र दलका गतिविधिहरुका बारेमा केही गम्भीर प्रश्न खडा गरेका छन् । उनले घुमाउरो पाराले जनमतसंग्रहको वकालतसमेतगरेका छन् ।
पूर्व राजा ज्ञानेन्द्रको सन्देशको पूर्णपाठ यस्तो छ – “समस्त नेपालीजनको महान चाड विजया दशमीको उपलक्ष्यमा हामी देशभित्र र देश बाहिर रहे बसेका सबै नेपाली दिदीबहिनी तथा दाजूभाइहरुमा सुख, शान्ति र सफलताका लागि शूभकामना व्यक्त गर्दछौं ।
पारस्परिक विश्वास, सम्मान र एकताले मात्र हामी समृद्धिको यात्रामा अगाडि बढ्न सक्छौं । तर देश शान्त, सुस्थिर र सम्मानित भएको हेर्ने हाम्रो चाहना अझै पुरा हून नसकेकोमा हामी दूःखी छौं । राष्ट्रिय स्वाभिमान सहितको प्रगति, नेपाली जनताले चाहेको हो । दूई विशाल छिमेकी मित्र राष्ट्रहरुबीच रहेको सुन्दर नेपाल, सेतू राष्ट्र हो । यो देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केहि बाह्य शक्तिद्वारा श्रोत परिचालन गरि प्रहार हुँदैं आएको अनूभव, नेपाली जनतामा हुनु सुखद विषय हुँदै होइन । त्यसैले, एकातिर सबैको सामूहिक दायित्व इतिहास जोगाउन भएता पनि, यहां स्वाभिमान गूम्ने र समृद्धि टाढिने स्थितिको सामना हामीले गरिरहनू परेको छ ।
मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता विस्तापित गर्दै जाने र आयातित संस्कृति र धर्मलाई प्रोत्साहित भइरहेकोप्रति हामी गम्भिर बन्नू परेको छ । राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहेको असामान्य अवस्था यति बेला हामी बेहोर्दै छौं । राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनु देशका लागि शूभ संकेत कदापि होइन । किन र कसका कारणले यस्तो स्थिति भएको हो, त्यसको खोजिनिती हूनु आवश्यक भई सकेको छ । दुरगामी महत्वका राष्ट्रिय मूद्दाहरुको निरुपण जनमत मार्फत खोज्न हिचकिचाउनूलाई प्रजातन्त्र सम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन ? संवैधानिक अंगहरुको निष्पक्ष भुमिकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दल विशेष गर्दै जाने नीतिले देशलाई कहाँ पू-याउ¤छ ? पहूंच नभएका नेपालीले कूनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महशुस हूनु पर्ने जून परिस्थिति बनाइएको छ त्यसको जिम्मेवारी कसले लिने ? यस्ता अनेकौं प्रश्नहरु जनमनमा रहंदा रहंदै, जवाफ दिने जिम्मेवार निकाय वास्तविकताको सामना नगरी तर्कन खोजेको अनूभुति हामीले गरेका छौं ।
श्री नवदुर्गा भवानीले सबैको रक्षा गरुन् , नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस् , यही मेरो कामना छ ।
जय नेपाल ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु